माउन्टेन हाईड्रोलाई १८ करोड बराबरको आईपिओ निष्काशन अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले माउन्टेन हाईड्रो नेपाललाई १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता साधारण शेयर आईपिओ निष्काशन गर्न अनुमति दिएको छ।
आयोजना प्रभावित बासिन्दाका लागि यसअघि नै शेयर निष्काशन गरेको कम्पनीले सर्वसाधारणमा शेयर निष्काशनगर्न बोर्डको स्वीकृति पाएको हो ।
क्रेडिट रेटिङ्ग चार पाएको हाइड्रोलाई स्थानीयले नकिनेको समेतको शेयर सर्वसाधारणमा बिक्री गर्न अनुमति दिएको हो ।
आयोजना प्रभावितका लागि निष्काशन गरेको मध्ये ५ लाख ६६ हजार ११० कित्ता शेयर बिक्री भएको थिएन ।
हाइड्रोले गत असार २२ गते देखि आयोजना प्रभावित स्थानीकोलागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो ।
पाँथरको फिदिममा रहेको २१.६ मेगावाटको आयोजनामा हेवा र फेमे खोलाको पानी प्रयाग गरिएको छ । आयोजना बनाउन करिब चार अर्ब रुपैयाँ लाग्ने बताइएको छ । यस आयोजनाको प्रतिमेगावाट लागत १८ करोड ३० लाख रुपैयाँ रहेको छ ।
२०७१ मा हाईड्रोपावर र विद्युत प्राधिकरणबिच विद्युत्त खरिद सम्झौता भइसकेको छ ।