अर्थ बैंकिङ

मौद्रिक नीतिको समिक्षा मार्फत जारी भएको नयाँ व्यवस्था कार्यन्वयन गर्न राष्ट्र बैंकको ठाडो निर्देशन

मौद्रिक नीतिको समिक्षा मार्फत जारी भएको नयाँ व्यवस्था कार्यन्वयन गर्न राष्ट्र बैंकको ठाडो निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत गरेका नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन बैंक तथा वित्तीय संस्थाहरुलाई ठाडो निर्देशन दिएको छ । 


बुधबार राष्ट्र बैंकले परिपत्र जारी गर्दै सिएसआर तथा पुनरकर्जा सम्बन्धीको संशोधीत व्यवस्था कार्यान्वयनमा ल्याउन आग्रह गरेको हो । 

 


राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई संस्थागत सामाजिक उत्तरदायित्व(सिएसआर) अन्गर्तत छुट्याएको रकम प्रतयेक प्रदेशमा न्यूनतम १० प्रतिशतका दरले खर्च गर्न निर्देशन दिएको छ ।

 

केन्द्रीय बैंकको निर्देशन अनुसार अब सबै प्रकारका बैंक तथा वित्तीय संस्थाहरुले आगामी आर्थिक बर्षको सुरुवादेखि थागत सामाजिक उत्तरदायित्व ९सिएसआर० अन्गर्तत छुट्याएको कम्तिमा दश प्रतिशत रकम एक प्रदेशमा अनिवार्य खर्च गर्नुपर्ने छ ।

 

त्यस्तै राष्ट्र बैंकले पुनरकर्जा सुविधा उपभोग गरिरहेका ऋणीहरुबाट ८ प्रतिशत भन्दा बढी ब्याजदरमा नलिन पनि निर्देशन दिएको छ । 

 

राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षा मार्फत पाँच प्रतिशत ब्याजदरमा दिने पुनरकर्जालाई चार प्रतिशतमा झारेको थियो । साथै निर्यात पुनरकर्जाको ब्याजदर पनि ३ प्रतिशत भन्दा बढी नगर्न भनेको छ ।

राष्ट्र बैंक

विशेष