अर्थ शेयर

बिहिबार नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन

बिहिबार नेप्सेमा झिनो सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन

काठमाडौं। साताको अन्तिम दिन नेप्से कारोबार झिनो अंकले सुधार देखिएको छ ।  वियरिस ट्रेण्डको प्रभावले नेप्से सूचकमा सामान्य सुधार हुँदा पनि बिहीबार शेयर कारोबार रकममा भने सुधार हुन सकेन। 


लगानीकर्तामा बजार बढ्ने या घट्ने भन्ने अलमलले गर्दा पछिल्लो दिनमा कारोबार रकम सुस्ताउँदै आएको छ।

बिहिबार नेप्से सूचक ०.८४ अंकले सुधार भएपनि कारोबार रकम भने १६ करोड ४४ लाख रुपैयाँमा खुम्चिएको छ। जलविद्युत, उत्पादन तथा प्रसोधन र लघुवित्तको सूचक घटेका छन् भने बाँकी सूचक तथा उपसूचक थोरै विन्दुले सुधार भएका छन्।

 

आज चौतारी लघुवित्त वित्तीय संस्थाको सबैभन्दा धेरै दुई करोड ५० लाख रुपैयाँको कारोबार भएको छ। पछिल्ला दिनमा चौतारीको बजार बढ्ने क्रममा सर्किट लाग्दै आएकोमा आज पनि निरन्तरता पाएको छ।

 

यता सबैभन्दा धेरै गुमाउनेमा हिमालयन डिस्टिलरी कम्पनी रहेको छ । डिस्टलरीको आज ३ प्रतिशतले मूल्य घटेको छ।

बैंकको व्याजरमा केहि सुधार हुँदा शेयर बजारमा पनि सुधार हुने भन्दै मंगलबार शेयर बजार २२ अंकले सुधार भए पनि बैंकको व्याजदर घट्ने संकेत नदेखिएपछि बजारमा नकारात्मक प्रभाव पार्दै आएको छ।

 

बजार वियरिस ट्रेण्डमा भएको हुँदा लगानीकर्ता अझै अलमलमा रहेको बजार विश्लेषकहरुले बताएका छन् ।  बजार अझै कतिसम्म घट्न सक्छ भन्ने अनुमान गर्न नसक्दा लगानीकर्ताको मनोबल बढ्न नसेको विश्लेषक हरुले बताएका छन् । 

 

बैंकको व्याजदरसँगै लगानीकर्ता सँग तरल पैसाको अभाव रहेको र लगानीकर्ताको मनोबल उच्च नभए सम्म बजारमा सुधार हुन नसक्ने विश्लेषकहरुको तर्क छ ।

नेप्से

विशेष