ओटोमोबाइल

महिन्द्राको बृहत्तर प्रदर्शनी भृकुटीमण्डपमा शुरु (भिडियोसहित)

महिन्द्राको बृहत्तर प्रदर्शनी भृकुटीमण्डपमा शुरु (भिडियोसहित)

काठमाडौं– काठमाडौंको भृकुटी मण्डपमा महिन्द्रा गाडीहरुको बृहत्तर प्रदर्शनी ‘महिन्द्रा उदय २०१९’ जारी छ । महिन्द्रा ब्राण्डका सबै उत्पादनहरु एकै छानामुनी उपलब्ध गराउने उद्देश्यले सो प्रदर्शनीको आयोजना गरिएको आयोजक कम्पनी महिन्द्रा एन्ड महिन्द्रा लिमिटेड, एमभी दुगड ग्रुप, स्वराज ट्रयाक्टर र नेपालस्थित महिन्द्राको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडले जनाएको छ । 

 

भृकुटीमण्डपको प्रदर्शनी हलमा सञ्चालन भइरहेको उक्त मेलामा महिन्द्राका टु ह्वीलरदेखि कार, जिपलगायत पिकअप, ट्रक, बस, ट्याक्टर र हेभी इक्विपमेन्ट्सको एकसाथ प्रदर्शनी गरिएको छ । 

 

मेलामा महिन्द्राका सबै उत्पादनहरु एक्कै ठाउँमा प्रदर्शन गरिएकाले जो कोहीले महिन्द्राबारे बुझ्न र प्रदर्शनी स्थलबाटै गाडी किनेर लान सक्ने मेला व्यवस्थापनका संयोजक सिजन न्यौपाने बताउछन् । 

‘महिन्द्राका धेरै उत्पादन छन् , दुई पाङ्ग्रेदेखि प्यासेन्जर सेग्मेन्ट, कमर्सियल सेग्नेटदेखि हेब्भी सेग्मेन्ट र अटोदेखि कृषि क्षेत्रमा प्रयोग हुने ट्याक्टरको समेत महिन्द्राको उत्पादन नेपाली बजारमा उपलब्ध छन् भनेर हामीले जानकारीका लागि प्रदर्शनीको आयोजना गरेका हौं ।’

 

उनले भने, ‘हामीले व्यापार विजनेश गर्ने उद्देश्यले भन्दा पनि आम उपभोक्ताहरुलाई महिन्द्रा बारे जानकारी दिन वृहत प्रदर्शनीको आयोजना गरेका हौं । यदि कोही ग्राहकले चाहनु भयो भने प्रदर्शनी स्थलबाटै कुनै पनि महिन्द्राका उत्पादन वा सवारी साधन किन्न, बुकिङ्ग गर्न र लैजान सक्छन् । त्यसका लागि हामीले विशेष व्यवस्था मिलाएका छौं ।’

 

शुक्रबार शुरु भएको प्रदर्शनी आइतबारसम्म चल्ने छ । 

 

प्रदर्शनीको उद्घाटन नेपाल उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले गरेकी थिइन् । मेलाको प्रमुख अतिथिसमेत रहेकी राणाले महिन्द्रा ब्रान्ड एक्लैले यस्तो भव्य स्तरको मेला आयोजना गरेको भन्दै आयोजक टिमलाई बधाई दिइन् । 

 

यसै अबसरमा बोल्दै राणाले महिन्द्राले उत्पादन मात्र नभएर कम्पनीले अब नेपालमै महिन्द्राको एसेम्बलीङ कम्पनी पनि संचालनमा ल्याउनु पर्नेमा सुझाव दिइन् । 

 

‘नेपालमा अहिले स्थिर सरकार भएको हुँदा लगानीको बातावरण समेत बनेको छ । यस्तो अवस्थामा स्वदेशमै सवारीसाधनको एसेम्वल्ड प्लान्ट स्थापना गर्नु लाभदायक हुन्छ । यस विषयमा अटो कम्पनीहरुले सोच्ने बेला आएको छ । स्वदेशमै गाडीको एसेम्विलङ सेवा उपलब्ध भए लगानीको करिब ४० प्रतिशत बचत हुन जान्छ । यस विषयमा सबै अटो कम्पनीले सोच्नु पर्छ ।’

 

उनले यस विषयमा नेपाल उद्योग बाणिज्य संघको सधै साथ र सहयोग रहनेसमेत प्रतिवद्धता जनाएकी छिन् ।

 

मेलाकै अबसरमा कम्पनीले महिन्द्राका ६ वटा नयाँ गाडीहरु समेत एकसाथ सार्वजनिक गरेको छ । जसमा महिन्द्रा एक्सयुभी–३००, मराजो, जीभो र यूभो मोडलका प्यासेन्जर कार, नयाँ ट्याक्टर, फ्युरियो तथा ब्लेजो मोडलका ट्रक र जी–७५ ग्रेडर सार्वजनिक भएका भएका छन् ।

 

मेलामा महिन्द्रा एन्ड महिन्द्रा इन्डियाका भाइस प्रेसिडेन्ट तथा हेड अफ इन्टरनेसनल अपरेसन सञ्जय जादव विशेष अतिथिको रुपमा आएका छन् । 

महिन्द्रा

विशेष