अर्थ शेयर

नेप्सेमा खराब बिम्ब, तीन वर्ष यताकै न्यून विन्दु

नेप्सेमा खराब बिम्ब, तीन वर्ष यताकै न्यून विन्दु

काठमाडौं। निरन्तर ओरालो लागेको शेयर बजारमा आईतबार नयाँ रेकर्ड बनेको छ । गत फागुन ६ गते तीन वर्ष यताकै न्यून विन्दुमा झरेको सेयर बजार आईतबार थप अंकले घट्दै नयाँ विन्दुमा कायम भएको छ । 

 

फागुन ६ गते नेप्से सूचक ११०२.५१ मा झरेकोमा आज थप ०.१९ अंकले घट्दै ११०२.३२ विन्दुमा झरेको छ ।  साताको पहिलो दिन आइतबार नेप्से १०.७५ को दोहोरो अंकले खस्किएको छ ।

आज नेप्से परिसूचक १०.७५ अंकले झरेर ११०२.३२ अंकमा कायम भएको छ । 

 

आइतबार सूचक घटेपनि गत बिहीबारको तुलनामा कारोबार रकममा भने केही सुधार आएको छ । गत बिहीबार १६ करोड ४४ लाख रुपैयाँको कारोबार भएको बजारमा आइतबार भने ४ करोड ५५ लाख रुपैयाँले बढेर २० करोड ९९ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो। 

 

आइतबार १६६ कम्पनीका ६ लाख ९८ हजार ५४२ कित्ता शेयर किनबेच भयो।

आज सबैभन्दा धेरै एनआइसी एशियाको एक करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा धेरै युनिलिभर नेपालको ४.०३ प्रतिशतले सेयर मूल्य बढेर १९ हजार ६२१ रुपैयाँमा कारोबार भएको छ। 

 

राष्ट्र बैंकको ब्याजदर नियन्त्रणको नीतिगत पहलले फागुन ७ गते एकैदिन २२ अंकले नेप्से बढेको थियो। त्यस  यताको कारोबार दिनमा सूचक घट्ने क्रमले निरन्तरता पाउँदा फेरि पुरानै अवस्थामा फर्किएको हो।

 

पछिल्लो समय बजार घट्न थालेपछि सरकारले चासो व्यक्त गर्दापनि सुधार हुन सकेको छैन। लगानीकर्ताको मानसिकता कमजोर हुँदा बजार उकालो लाग्न नसकेको बजार विश्लेषकहरु बताइरहेका छन् । 


 

शेयर बजार

विशेष