चार्ल्स शोभराजले मागे जेष्ठ नागरिक सुविधा, कैद माफी हुनु पर्ने जिकिर
काठमाडौं । कुख्यात अपराधी ठहरिएका फ्रान्सेली नागरिक चार्ल्स गुरुमुख शोभराजको मुद्दामा जेष्ठ नागरिकको सुविधा दिने वा जेलमै राख्ने जिम्मेवारी सरकारलाई दिँदै सर्वोच्च अदालतले परमादेश जारी गरेको छ ।
शोभराजलाई जेष्ठ नागरिक सुविधा दिन मिल्ने हो वा होइन भनी तीन महिनाभित्र सरकारले निर्णय दिनुपर्ने परमादेशमा उल्लेख छ । न्यायाधीशरु ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले शोभराजको रिट निवेदनमाथि फैसला गर्दै तीन महिनाभित्र फैसला गर्न परमादेश जारी गरेको हो ।
जेष्ठ नागरिक ऐन २०६३ को १२ (१) ख र कारागार नियमावलीमा टेकी उनी आफूलाई थुनामुक्त गरिदिन परमादेश मागेका थिए । जेष्ठ नागरिक ऐनमा सरकावादी भई चलेको कुनै पनि मुद्दामा ७० वर्ष पूरा भई ७५ नकटेका जेष्ठ नागरिकलाई ५० प्रतिशत कैद छुटको व्यवस्था गरेको छ ।
नागरिक दैनिकबाट