अर्थ बैंकिङ

६५ नाघेका व्यक्ति अब सीईओ बन्न नपाउने  

६५ नाघेका व्यक्ति अब सीईओ बन्न नपाउने  

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) को उमेर हद तोकिने भएको छ। राष्ट्र बैंकले संशोधन गरी स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) मा यस्तो प्रस्तव राखिएको छ। वित्तीय क्षेत्रमा सक्षम र दक्ष जनशक्ति रहुन् भन्ने उद्देश्यले ऐनमा उक्त व्यवस्था प्रस्ताव गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ।

 

ऐन जस्ताको तस्तै पारित भए ७० वर्षभन्दा मुनिका व्यक्ति मात्र बैंक तथा वित्तीय संस्थामा सञ्चालक बन्न पाउनेछन्। सीईओाका लागि बढीमा ६५ वर्ष उमेर प्रस्ताव गरिएको छ। यसको अर्थ ६५ वर्षभन्दा बढी उमेर भएको व्यक्ति बैंक तथा वित्तीय संस्थामा सीईओ बन्न अयोग्य हुनेछन्। हाल बैंक तथा वित्तीय संस्थामा सीईओ र सञ्चालक बन्न उमेर हद छैन। कार्यकारी अध्यक्ष, प्रबन्ध सञ्चालक र सीईओको हकमा दुई कार्यकाल तोकिएको छ। यो समाचार कान्तिपुर दैनिकबाट लिइएको हो । 

सीईओ बैंक तथा वित्तीय संस्था

विशेष