अर्थ

यी देशका नागरिकले तिर्नु पर्दैन कर

यी देशका नागरिकले तिर्नु पर्दैन कर

हामीहरूले लगानी गर्दा कर छुट भएको ठाउँ रोज्ने गर्दछौँ, त्यस्तै, ट्याक्सबाट बच्न अनेकौँ उपाय सोच्छौँ। यस्तैमा कतिपय देशहरू यस्ता पनि छन् जहाँ नागरिकले कुनै पनि प्रकारको कर दिर्नु पर्दैन । यी देशहरूले नागरिकको कमाइ जति भए पनि उनीहरूबाट सरकारले कुनै पनि कर असुली गर्दैन । ती देश यी हुन् :

 

मोनाको : मोनाको संसारको दोस्रो सानो देश हो । यो फ्रान्स र इटालीको बीच स्विजरल्यान्डमा छ । यो २ स्क्वेयर किमीमा रहेको छ । यहाँ कुनै पनि प्रकारको कर लगाइँदैन ।

 

ओमन : ओमनका नागरिकले सरकारकलाई कुनै पनि प्रकृतिको कर दिनु पर्दैन । किनकि सरकारले देशको विकासमा लाग्ने पैसा वस्तु निर्यातबाट कमाउँछ । यहाँबाट सबैभन्दा ग्यास र तेल निर्यात हुने गर्दछ ।

 

बारमूडा : बारमूडा ब्रिटिस शासनको अधिनमा छ । यो संसारकै सबैभन्दा महँगो जमीन भएका कारण परिचित छ । यो सानो टापूको रूपमा अनलान्टिक महासागरको बीचमा रहेको छ । यहाँका नागरिकले सरकारलाई आयकर दिनु पर्दैन तर सोसिल सिक्योरिटी, प्रपटी ट्याक्स कस्टम ट्याक्स दिनु पर्दछ ।

 

साउदी : साउदी अरबका नागरिकले पनि इनकम ट्याक्स दिनु पर्देन किनकि यहाँको सरकारले पनि ग्यास र तेल निर्यात गरेर पैसा कमाउँछ । तर यहाँका नागरिकले सेक्युरिटी प्यामेन्ट र क्यापिटल गेन ट्याक्स दिनु पर्दछ ।

 

क्यामेन : आइल्यान्ड क्युबा र क्यारेवियन द्वीप समूहको केही पर समुन्द्रको बीचमा छ । यहाँका नागरिकले पनि सरकारलाई आयकार र क्यापिटल ट्याक्स दिनु पर्दैन । उनीहरूले ईच्छाअनुसार सोशिल सेक्युरिटीका लागि केही धनराशि दिन सक्छन् । तर यहाँका नागरिकले इम्पोर्ट ड्युटी भने दिनुपर्दछ ।

 

कतार : कतार संसारकै सबैभन्दा धनी देश हो । यहाँका नागरिकले पनि सरकारलाई इनकम ट्याक्स दिनु पर्दैन । यहाँको जिडिपी निर्यातमा निर्भर छ । निर्यातमा जाने सामग्रीमा तेल र ग्यास प्रमुख छन् । कतारले देश विकासमा जति पैसा लगाउँ छ त्यो सबै निर्यातबाट कमाएको पैसा बाट हो ।

 

बहामास : बहामासको सरकारले पर्यटन व्यवसायबाट मनग्य आम्दानी गर्दछ । त्यसैले यहाँको सरकारले नागरिकबाट कुनै पनि ट्याक्स उठाउँदैन । तर यहाँका नागरिकले इम्पोर्ट ड्युटी, राष्ट्रिय बिमा र प्रपटी ट्याक्स भने तिर्नु पर्दछ ।

 

युएई : संयुक्त अरब इमरेट्स (युएई)ले पनि आफ्ना नागरिकबाट ट्याक्स उठाउँदैन । यो देशको अर्थव्यवस्था चलाउन तेल र ग्यासको निर्यातका साथै पर्यटन व्यवसायले ठूलो सहयोग गर्दछ । यहाँका नागरिकले सरकारलाई आयकर र क्यापिटल ट्याक्स तिर्दैनन् ।

अरब देशका अन्य दुई देश बहराइन र कुवेतले पनि आफ्न नागरिकलाई ट्याक्स तिराउँदैनन् । तर यहाँ सोसियल सेक्युरिटी कर भने तिर्नु पर्ने हुन्छ ।

कर

विशेष