अर्थ

आचार्य बालकृष्ण भन्छन् : जग्गा उपलब्ध गराउनुस् एकसय करोड लगानी म गर्छु 

आचार्य बालकृष्ण भन्छन् : जग्गा उपलब्ध गराउनुस् एकसय करोड लगानी म गर्छु 

स्याङ्जा । आयुर्वेद शिरोमणि आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताएका हुन् ।

 

'मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,' आचार्य बालकृष्णले भने, 'तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।' वालिङ उद्योग वाणिज्य संघले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उनलाई बुझाएको थियो ।

 

आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै संघलाई जग्गा उपलब्ध गराउन आग्रह गरे । वालिङ नगरपालिका–६ भरुवामा जन्मिनुभएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गरेका थिए ।

आचार्य बालकृष्ण

विशेष