यौन-शिक्षा

यौनका बारेमा थाहा पाउनु पर्ने २५ भ्रम र तथ्य

यौनका बारेमा थाहा पाउनु पर्ने २५ भ्रम र तथ्य

यौन सम्बन्ध माहिला पुरुष दुवैको लागि अपरिहार्य कुरा हो । जुन जीवनमा हरेकले फरक–फरक खालको यौन अनुभव गर्न चाहान्छन् । पहिलो पटकको यौन सम्बन्धका बारेमा नवयुवाको मनमा विभिन्न कुराहरू खेल्ने गर्दछन् र खुलदुली पनि हुने गर्दछन् । खुलदुलीका बीच एउटा छुट्टै खुसीको महसुस पनि नवजवानहरूले गर्दै रहन्छन् । यद्यपि कतिपय नवजवानरहरू यौनका बारेमा धेरैले भ्रम पालेर बसेको देखिन्छ । यहाँ यौनका बारेमा नेपाली समाजमा लुकेर रहेका भ्रम के हुन् र त्यसको वास्तविकता के हो भन्ने जानकारी दिन खोजिएको छ : 

भ्रम

१. सेक्सका क्रममा महिला पनि स्खलित हुन्छन् ।

२. यौन सन्तुष्टिका लागि एकैसमयमा चरमोत्कर्ष आवश्यक हुन्छ ।

३. पुरुषको मात्र स्वप्नदोष हुन्छ ।

४. स्वप्नदोष यौन समस्याको संकेत हो ।

५. कुमारी युवतीसंग सेक्स गरे यौनरोग निको हुन्छ ।

६. निरन्तर हस्तमैथुनले लिंग छोटो हुन्छ ।

७. विशेष खालको खाना र शारीरिक अभ्यासले लिंग लामो र ठूलो बनाउँछ ।

८. हस्तमैथुन गर्दा लिंगको नसा भाँचिन्छ ।

९. भ्यासेक्टोमीले मानिसलाई नपुंसक बनाउँछ ।

१०. महिलामा भन्दा पुरुषमा बढी यौन क्षमता हुन्छ ।

११. गुदामैथुन पुरुष समलिंगीले मात्र प्रयोग गर्छन् ।

१२. एक सामान्य मानिसले चाहना राख्नेबित्तिकै उत्तेजित हुन सक्नुपर्छ ।

१३. लिंग उत्तेजित नहुने पुरुष वास्तविक अर्थमा पुरुष हुन सक्दैन ।

१४. मेनोपजले महिलाको यौन जीवन अन्त्य गर्छ ।

१५. यौन शिक्षाले युवाहरुलाई स्वच्छन्द सेक्सतर्फ लैजान्छ ।

१६. पहिलो सम्भोगमा महिलाको यौनांगबाट रगत आउनुपर्छ ।

१७. एकान्तमा सेक्स गर्दा महिलालाई चरमोत्कर्ष आउनुपर्छ । \

१८. महिनावारीको समयमा गरिने सेक्स अस्वस्थकर र असुरक्षित हुन्छ ।

१९. पहिलोपटकको सम्भोगमा महिला गर्भवती हुन सक्दैनन् ।

२०. दूध खुवाईरहेको समयमा सेक्स गर्दा महिला गर्भवती हुन सक्दैनन् ।

२१. सेक्सका लागि महिला गर्भवती हुन नसक्ने सुरक्षित अवधि पनि हुन्छ ।

२२. स्खलन हुनेबेलामा योनिबाट लिंग निकाल्ने विधि गर्भ रोक्ने उत्कृष्ट तरिका हो ।

२३. होमोसेक्सुअलहरुले पनि यौनसम्बन्धी सपना देख्छन् । तर, समलिंगी सम्बन्धका बारेमा मात्र सपना देख्छन् ।

२४. निदाएको बेलामा हुने चरमोत्कर्ष यौन समस्याको संकेत हो ।

२५. ठूलो लिंगले मात्र महिला पार्टनर सन्तुष्ट हुन सक्छन् ।  

तथ्यहरु

१. सेक्सका क्रममा महिला स्खलित हुँदैंनन् । सम्भोगका क्रममा प्रयोग गरिने लुब्रिकेन्ट्सका कारण यस्तो भ्रम भएको हुन सक्छ ।

२. यौनसन्तुष्टिका लागि एकसाथ चरमोत्कर्ष अनिवार्य हुँदैन ।

३. रातिको समयमा महिलाले पनि चरमोत्कर्ष अनुभव गर्छन् ।

४. स्वप्न दोष यौन समस्याको संकेत होइन, ती सामान्य यौन प्रक्रियाका अंग हुन् ।

५. कुमारी महिलासंग यौन सम्पर्क गरे यौन रोग निको हुँदैन । बरु यौन रोग महिलामा सर्न सक्छ ।

६. निरन्तरको हस्तमैथुनका कारण लिंग सानो हुँदैन । एकपटक आफ्नो आकारमा पुगिसकेको अंग फेरि खुम्चदैंन ।

७. लिंग लामो बनाउन विशेष खालको खाना आवश्यक पर्छ भन्ने कुरा सही होइन । शरीरका अन्य अंगलाई महत्वपूर्ण हुने खानाहरु यौन अंगका लागि पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।

८. हस्तमैथुन शारीरिक क्रियाकलापको एउटा अंग हो । नसा भाँच्चिदैंन ।

९. भ्यासेक्टोमी (पुरुषका लागि) र ट्युबेक्टोमी (महिलाका लागि) गरिने अपरेशनका कारण यौन चाहना र क्षमता घट्दैन । बरु गर्भ रहने डर नहुँदा सेक्समा झन् आनन्द थपिन्छ ।

१०. पूरुषमा मात्र यौन क्षमता बढी हुने कुरा सही होइन । यौन क्षमता दुवै पक्षमा बराबर हुन्छ ।

११. गुदामैथुन होमोसेक्सुअलले पनि प्रयोग गर्छन् ।

१२. यौन चाहना गर्दा पुरुषको लिंगमा उत्तेजना आउछ ।

१३. उत्तेजनाले कुनै पनि पुरुषको पौरुषत्व छुट्याउन सकिदैंन । अन्य क्राइटेरिया पनि हुन्छन् ।

१४. मेनोपज (महिनावारीको अन्त्य) महिलाको यौन जीवनको अन्त्य होइन, सन्तान उत्पादन क्षमताको मात्र अन्त्य हो ।

१५. यौन शिक्षा दिँदैंमा युवायुवती स्वच्छन्द सेक्सतिर जाँदैनन् । यसले उनीहरुमा यौन बुझ्ने क्षमता वृद्धि गराउँछ ।

१६. सम्भोगविना अधिकांश महिलाहरु चरमोत्कर्ष पाउन सक्दैनन् ।

१७. कुमारीत्वको प्रमाण हाइमेन मात्र होइन । सामान्यतः कुमारीहरुमा योनिको झिल्ली च्याँतिदा रगत आउन सक्छ । यद्यपि विभिन्न खेलकुदमा भागलिँदा, साइकल चढ्दा या ट्याम्पोनको प्रयोग गर्दा झिल्ली च्यातिन सक्छ । त्यसैले पहिलो सेक्सका क्रममा रगत आउनैपर्छ भन्ने जरुरी छैन ।

१८. महिनवारीका क्रममा सेक्स सुरक्षित हुन्छ । तर, त्यसका लागि दूवै पक्षले चाहनुपर्छ ।

१९. पहिलो सम्भोगमै महिलाहरु गर्भवती हुन सक्छन् ।

२०. बच्चालाई स्तनपान गराइरहेको समयमा महिला महिनवारी नहुने हुन सक्छन् । तर, गर्भवती भने हुन्छन् ।

२१. महिनावारीको समयदेखि निश्चित समयसम्म यौनसम्पर्क गर्दा गर्भ रहने खतरा कम हुन्छ । तर, पूर्णतया सुरक्षित भने हुँदैन ।

२२. वीर्य स्खलन भएको समयमा योनिबाट लिंग झिक्ने विधि त्यति प्रभावकारी हुँदैंन । पूर्ण रुपमा वीर्य झर्नुअगावै केही शुक्राणु झरिसकेको हुन सक्छ ।

२३. वयस्क उमेरअघि यौनजन्य सपना आउनु सामान्य हो ।

२४. निदाएको बेला चरमोत्कर्ष हुनु सामान्य र स्वस्थ हो । यसबारे कुनै चिन्ता लिनुपर्दैन ।

२५. यौन सन्तुष्टिका लागि ठूलो या सानोलिंगले कुनै महत्व राख्दैन । तर, उत्तेजना भएको समयमा सिधा हुनुचाहि आवश्यक हुन्छ ।

- एजेन्सी

यौन शिक्षा

विशेष