अर्थ बैंकिङ

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक २ अर्ब ४१ करोड कमाउँदै अग्रस्थानमा 

सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक २ अर्ब ४१ करोड कमाउँदै अग्रस्थानमा 

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा लोभलाग्दो प्रगति गर्दै वाणिज्य बैंकहरू मध्येकै पहिलो बैंक बन्न सफल भएको छ । 


पूर्ण सरकारी स्वामित्वको बैंकले पछिल्लो तीन महिनाको अबधिमा मात्र ३४.९४ प्रतिशतले खुद नाफा बढाएर दुई अर्ब ४० करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको हाे । 

गत आर्थिक वर्षको यसै त्रैमासमा बैंकको खुद नाफा एक अर्ब ७८ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

 

यस पटक बैंकले खुद नाफामा मात्र हैन निक्षेप संकलनमा पनि सबै वाणिज्य बैंकलाई पछाडि पार्दै लिड गरेको छ ।तर कर्जा लगानीमा भने बैंक कमजोर देखिएको छ । सबैभन्दा बढि कर्जा लगानी गर्ने एनआईसी एशिया बैंकभन्दा यो बैंक १५ अर्ब रुपैयाँले पछाडि परेको छ ।

 

सरकारी स्वामित्वको अर्को विकास बैंक एनआईडिसीलाई प्राप्ती गरेको वाणिज्य बैंकको एकाध बाहेक धेरै सूचकहरुमा उल्लेख्य सुधार देखिन्छ। यद्यपी बैंकको खराब कर्जा अनुपात बढ्नु, कर्जा लगानीमा अन्य बैंकभन्दा पछाडि पर्नु, लगायतमा भने बैंकले आवश्यक ध्यान पुर्याउनुपर्ने अवस्था देखिन्छ ।

 

राष्ट्रिय वाणिज्य बैंकले बिहीबार सार्वजनिक गरेको नेपाल फाइनान्सिङ रिर्पोटिङ्ग स्टुयाण्डर्ड (एनएफआरएस) अनुसार चालु आर्थिक वर्ष २०७५र७६ को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको लाभांश क्षमता (फ्रि प्रोफिट) दुई अर्ब १७ करोड ८१ लाख पुगेको छ ।

 

एनएफआरएस रिर्पोट अनुसार बैंकले दुई अर्ब अर्ब ४० करोड खुद नाफा गरेकोमा राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्टमा २३ करोड १७ लाख रुपैयाँ व्यवस्था गर्नुपर्दा बैंकको खुद नाफा भन्दा लाभांश क्षमता धेरै घटेको हो ।

 

यद्यपी बैंकको गत आवको फ्रि प्रोफिट पनि २२.१० प्रतिशतले सुधार भएको छ । बैंकको गत आवको दोस्रो त्रैमासमा एक अर्ब ७८ करोड ३९ लाख बराबरको लाभांश क्षमता रहेको थियो ।

 

राष्ट्र बैंकको व्यवस्था अनुरुप रेगुलेटरी एड्जस्टमेन्ट पश्चात कायम हुने वितरण योग्य नाफा (फ्रि प्रोफिट) केन्द्रीय बैंकले तोकेको प्रावधान अनुसार तोकिएको शिर्षकहरुमा व्यवस्था गरेपश्चात बैंकले शेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्दछ ।

प्रतिशेयर आम्दानी साढे ५३ रुपैयाँ

एनआईडिसी डेभलपमेन्ट बैंक प्राप्तीपछि ९ अर्ब ४७ लाख ९६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको चालू आवको दोस्रो त्रैमासमा वार्षिक प्रतिशेयर आम्दानी ५३ रुपैयाँ ५३ पैसा कायम भएको छ ।

गत आवको पुस मसान्तमा बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४१ रुपैयाँ ५९ पैसा रहेको थियो ।

 

चालू आवको पुस मसान्तसम्ममा एनएफआरएस अनुसार बैंकको जगेडा कोषमा १२ अर्ब ४४ करोड ४७ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकले २३८ प्रतिशत बढीले जगेडा कोषको आकार बढाएको हो । गत आवको पुस मसान्तको तुलनामा बैंकले ८ अर्ब ७६ करोड ६२ लाखले जगेडा कोष सुधार गरेको छ ।

 

वाणिज्य बैंकको प्रतिशेयर नेटवर्थ २३८ रुपैयाँ २० पैसा रहेको छ । गत पुसमा १४२ रुपैयाँ ८३ पैसा रहेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

विशेष