अपराध सुरक्षा

अज्ञात समूहद्वारा अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट 

अज्ञात समूहद्वारा अरुण तेस्रोको पावर हाउसमा बम विस्फोट 

संखुवासभा ।  संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावरहाउस पुखुवामा अज्ञात समूहले बम विस्फोटन गराएको छ। बिहीबार राति चिचिला गाउँपालिका–३, पुखुवामा रहेको पावर हाउस स्थलमा ३ वटा बम विस्फोट गराएको प्रहरी निरीक्षक रामेश्वर पण्डितले जानकारी दिए। 

 

घटनाको थप जानकारी लिन प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारी र जिल्ला प्रहरी कार्यालयका संखुवासभाका प्रहरी प्रमुख डिएसपी श्याम सारुमगर मगर घटनास्थल पुगेका छन्। 

 

बम विस्फोटनबाट पानी निकाल्ने सुरुङमा रहेको सुरुङ खन्ने बुमर र जेनेरेटरमा क्षति पुगेको प्रहरीले जनाएको छ। पावर हाउस रहेको कार्यालयको करिब १ सय ५० मिटर टाढा तीनवटा बम विस्फोट भएको प्रहरीको भनाइ छ। बम विस्फोटन गराउने समूहको खोजी भइरहेको प्रहरी निरीक्षक पण्डितले बताए।

अरुण तेस्रो

विशेष