फोटो

भावविह्वल टुँडिखेल (फोटो फिचर)

भावविह्वल टुँडिखेल (फोटो फिचर)

काठमाडौं । हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जलि दिइएको छ। श्रद्धाञ्जलि दिन राष्ट्रपति, उपराष्ट्रपति प्रधानमन्त्री मन्त्रीलगायत भीभीआइपी, भीआइपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगेका थिए।

 

टुँडिखेलमा पुगेका सबै शोकमा देखिन्थे भने आफन्तजनको रोदनले वातावरण थप भावुक बन्यो । आफैं भावविह्वल बनेकाहरुले शोकाकुल परिवारका सदस्यलाई सम्हाल्न हम्मेहम्मे परेको थियो ।

 

बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, पर्यटन क्षेत्रका अगुवा आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुव भोछिभया, प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सचिव युवराज दाहाल, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका पिएसओ अर्जुन घिमिरेको निधन भएको थियो ।

 

टुँडिखेल रवीन्द्र अधिकारी हेलिकोप्टर दुर्घटना

विशेष