युनियन हाइड्रोको आईपिओ चैत १३ देखि खुल्ने
काठमाडौं । युनियन हाइड्रोपावर कम्पनी लिमीटेड (युएचसीएल) ले यहिँ चैत १३ देखि साधारण शेयर (आईपिओ) जारी गर्ने भएको छ। कम्पनीले लक्ष्मी क्यापिटल मार्फत आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट अवितरित समेत कूल ३५ लाख ३४ हजार ३४० कित्ता शेयर निष्काशन गर्न लागेको हो।
कूल निष्काशित आईपिओमध्ये ७० हजार ६८६ कित्ता शेयर हाइड्रोपावरका कर्मचारीहरुलाई सुरक्षित गरिएको छ। सामूहिक लगानी कोषहरुले खरिद नगरेपश्चात बाँकी ३४ लाख ६३ हजार ६५४ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
यस आईपिओ समयावधि चैत १७ गते तोकिएको छ । तर आवश्यक आवेदन नपरेको खण्डमा बैशाख १२ गतसम्म खुला रहने कम्पनीले जनाएको छ। इच्छुक लगानीकर्ताले मेरो शेयर सफुटवेयर तथा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट ७७ जिल्लाबाटै आवेदन दिन सक्नेछन् ।
आईपिओमा न्यूनतम ५० देखि अधिकतम ३५ हजार कित्तासम्म आवेदन दिनसक्ने व्यवस्था छ।
कम्पनीले सर्वसाधारणमा २९ लाख १२ हजार ५५० कित्ता शेयर निष्काशन गरेकोमा गत साउन १४ गतेदेखि आयोजना प्रभावितका लागि निष्काशन गरेको ७ लाख ५० हजार कित्तामध्ये ६ लाख २१ हजार ७९० कित्ता बिक्री नभएपश्चात सो शेयर समेत सर्वसाधारणमा थपिएको हो ।
इक्रा नेपालले कम्पनीको आईपिओलाई इक्रा एनपी आईपिओ ग्रेड ५ रेटिङ्ग प्रदान गरेको छ। ग्रेड फाइभ रेटिङ्गले कम्पनीको वित्तीय अवस्था कमजोर आधार रहेको बुझाउँछ।
धितोपत्र बोर्डले सबैभन्दा खराब ५ ग्रेड पाउने कम्पनीलाई आईपिओ निश्कासनमा रोक लगाउने नयाँ व्यवस्था गरे यसअघि नै कम्पनीले स्थानीय बासिन्दालाई आईपिओ जारी गरिसकेकाले यस कम्पनीले आईपिओ जारी गर्ने अनुमति पाएको हो ।
युनियन हाइड्रोपावर कम्पनी लिमीटेड