अर्थ शेयर कर्पोरेट

अब संघीय संरचनाअनुसार ब्रोकरलाई लाइसेन

अब संघीय संरचनाअनुसार ब्रोकरलाई लाइसेन

काठमाडौं । संघीय संरचना अनुसार धितोपत्र दलाल(ब्रोकर) व्यवसायीलाई लाइसेन्स वितरण गर्ने प्रकृया अघि बढेको छ। धितोपत्र बोर्डले विभिन्न प्रदेशहरुमा आर्थिक रुपमा सक्रिय जिल्ला र स्थानहरुमा स्थानीय स्तरमा ब्रोकर लाइसेन्स वितरणको आवश्यक कार्य अगाडि बढाउन दिएको निर्देशन बमोजिम नेप्सेले काम अघि बढाएको हो।


स्थानीयलाई ब्रोकर लाइसेन्स जारी गर्न नेप्सेले गठन गरेको अध्ययन तथा सुझाब समितिले नेप्से सञ्चालक समितिलाई प्रतिवेदन बुझाएको छ। अध्ययन समितिले शेयर कारोबार सञ्चालनका लागि आर्थिक रुपमा सबल तथा सक्रिय स्थानहरुको पहिचान गरी सुझाब पेश गरेको छ । 

समितिले बुझाएको प्रतिवेदन अध्ययनगरी नेप्से सञ्चालक समितिले ब्रोकर लाइसेन्स वितरणका लागि धितोपत्र बोर्डमा सिफारिस गर्ने बताएको छ। नेप्सेका एक अधिकारीले अध्ययन समितिले बुझाएको प्रतिवेदनको विषयमा नेप्सेको ठोस निर्णय आईनसकेको बताए। अध्ययन समितिले राजधानी बाहिर हालसम्म ब्रोकर नपुगेका दर्जन बढी शहरहरुमा ब्रोकर सेवा सञ्चालन गर्न सकिने प्रतिवेदन तयार गरेको छ। यसरी बोर्डलाई बुझाएको प्रतिवेदनमा बोर्डले स्वीकृत गरेपछि मात्र संघीय संरचना अनुसारको ब्रोकर लाइसेन्स वितरण गर्ने कार्यविधि निमार्ण भई लाइसेन्स वितरण गरिने नेप्सेले बताएको छ ।

स्थानीय स्तरका व्यवसायी हुँदा उक्त व्यवसाय प्रतिको अपनत्वको साथै स्थानीय पूँजी परिचालन भई स्थानीय स्तरमा समेत धितोपत्र बजारको दायरा फराकिलो हुने तथा स्थानीय स्तरको व्यवसायीप्रति लगानीकर्ताको विश्वास, धितोपत्र दलाल व्यवसायीमा हुने जोखिम न्यूनिकरण हुने अपेक्षा गरिएको छ । हाल काठमाडौंमा स्थापित ५० ब्रोकर कम्पनीको ४३ स्थानमा रहेका आरडब्लुएस  शाखाहरु मार्फत सेवा दिँदै आएका छन् ।

धितोपत्रको प्राथामिक बजार ७७ जिल्लामा विस्तार भै सकेको परिप्रेक्ष्यमा उल्लेखित व्यवस्था कार्यान्वयनमा आए पश्चात स्थानिय स्तरमा रोजगारीको स्तर वृद्धि हुने तथा धितोपत्रको दोस्रो बजार कारोबार सुविधा समेत देशव्यापी रुपमा विस्तार भई समग्र पूँजी बजारको दायरा फराकिलो हुने बोर्डको विश्वास रहेको छ।

धितोपत्र बोर्ड

विशेष