अर्थ शेयर

प्रधानमन्त्रीले आवेदन दिएकै दिन शेयर बजारमा ६.७७ अंकको गिरावट

प्रधानमन्त्रीले आवेदन दिएकै दिन शेयर बजारमा ६.७७ अंकको गिरावट

काठमाडौँ। तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजारले बिहिबार पनि निरन्तरता पाएको छ । आज नेप्से परिसुचक ६.७७ अंकले घटेर ११४०.६९ अंकमा कायम भएको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले शेयर खरिदका लागि आवेदन दिएकै दिन शेयर बजारमा ६.७७ अंकको गिरावट आएको हो । 

बिहिबार प्रधानमन्त्री ओलीले त्रिशुली थ्रि बी हाइड्रोपावरको १० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए । 

आज ‘क’ वर्गको कम्पनीहरुको शेयर मापक सेन्सेटिभ सूचक पनि १.४९ अंकले घटेर २४२.४९ अंकमा झरेको छ । 

कारोवार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । होटल १.०३, विकास बैंक २.७६, उत्पादन १.१६ र अन्य उपसमूह ०.७७ विन्दुले बढेको छ । यस्तै बैंकिङ ७.१९, व्यापार २.७९, जलविद्युत् ५.१८, वित्त १.३७, निर्जीवन बीमा ६९.१८, लघुवित्त १०.४६ र जीवन बीमा ६१.७६ विन्दुले घटेको छ । 



नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड चार लाख ४२ हजार ९७० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेको छ । यस्तै ग्लोबल आइएमई बैंकको संस्थापक शेयर रु एक करोड ८२ लाख ९० हजार ८८०, सिटिजन बैंकको रु ९६ लाख ८७ हजार ६०३, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी लिमिटेडको रु ९३ लाख ६५ हजार ४३१, एनआइसी एशिया बैंकको रु ८८ लाख सात हजार ८७ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहेका छन् । 



स्टकका अनुसार आशा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले कमाउँदा भार्गव विकास बैंक ३.६५, साङ्ग्रिला डेभलपमेन्ट बैंक ३.५५, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले २.७८ प्रतिशतले कमाएका छन् । यसैगरी ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ५.७४, उन्नति लघुवित्त वित्तीय संस्था ५.४३, किसान लघुवित्त वित्तीय संस्था ५.२०, नागबेली लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ४.६८ प्रतिशतले गुमाएका छन् ।

शेयर बजार

विशेष