अर्थ शेयर बैंकिङ

सानिमाको ठूलो परिमाणको संस्थापक शेयर लिलामिमा, न्युनतम १८० रुपैयाँमा किन्न सकिने

सानिमाको ठूलो परिमाणको संस्थापक शेयर लिलामिमा, न्युनतम १८० रुपैयाँमा किन्न सकिने

काठमाडौं । सानिमा बैंक लिमिटेडको ठूलो परिमाणको संस्थापक शेयर एकैपटक लिलामिमा राखिएको छ । बैंको संस्थापक तर्फको २७ लाख १८ हजार ८३५ कित्ता शेयर विक्रिमा राखिएको हो ।

सानिमा क्यापिटल, नक्साल मार्फत विक्रि खुल्ला गरिएको सो शेयर चैत ७ गते खुल्ला गरिएको छ । लगानीकर्ताले न्युनतम १८० रुपैयाँ वा सो भन्दा बढी मूल्य तोकेर बोलपत्र पेश गर्न सक्नेछन्।

 

राष्ट्र बैंकले एक जना सञ्चालकले एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा ठूलो शेयर होल्डिङ्ग ‘क्रस होल्डिङ्ग’ गर्न नपाउने व्यवस्था गरेपछि सानिमाका एक सञ्चालकले सो परिमाणको शेयर लिलामी मार्फत बिक्री गर्न लागेका हुन् । उनिसँग अर्को वाणिज्य बैंकमा पनि ठूलो होल्डिङ्ग रहेकोले सो शेयर बिक्री गर्न लागेको बताएका छन् ।

 

८ अर्ब १२ लाख ५५ हजार ४०० रुपैयाँ चुक्ता पूँजी भएको बैंकले २७ करोड १८ लाख ८३ हजार ५०० रुपैयाँ बराबरको संस्थापक शेयर बिक्री गर्न लागेको हो। यो कूल शेयरको ३.३९८ प्रतिशत र कूल संस्थापक शेयरको अनुपात६.६६ प्रतिशत शेयर हो। बैंकमा संस्थापक साधारण शेयर स्वामित्व ५१–४९ रहेको छ।

 

बैंकको संस्थापक शेयरमा संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्था लगायत बैंकको संस्थापक शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी, सघं, संस्थाहरुलाई बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाले प्रतिकित्ता न्युनतम १८० रुपैयाँ मूल्य आधार मानेर न्यूनतम २ लाख कित्ताको लागि ३ करोड ६० लाख रुपैयाँ वा  सोभन्दा बढी बढाबढ मूल्यमा आवेदन पेश गर्न सक्नेछन्।

 

अधिकतम शेयर संख्याको लागि कुनै हद तोकिएको छैन तर राष्ट्र बैंकले एक जना व्यक्तिले खरिद गर्न सक्ने तोकेको सीमाभन्दा बढी नहुने गरि आवेदन गर्न सक्नेछन्। दशमलवमा आवेदन गरिको बोलपत्र रद्ध कम्पनीले जनाएको छ । 

 

लिलामी शेयरमा बोलपत्र पेश गर्ने अन्तिम मिति चैत २५ गते सोमबार रहेको छ । सो दिन कार्यालयसमयसम्म बिक्री प्रबन्धक सानिमा क्यापिटल, नक्सालमा गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नुपर्ने क्यापिटलले जनाएको छ।

 

उक्त बोलपत्र चैत २६ गते बेलुका ४ बजे सानिमा क्यापिटल नक्सालमा सार्वजनिक गरिने बताइएको छ।

सानिमा बैंक

विशेष