भोजपुर–विराटनगर उडान अनिश्चितकालीन बन्द

भोजपुर। नेपाल वायु सेवा निगमको भोजपुर–विराटनगर उडान सेवा बन्द भएको छ ।
मौसम प्रतिकूल भएकाले केही समयका लागि उडान सेवा बन्द गरिएको नेपाल वायुसेवा निगम भोजपुरका सहायक स्टेसन प्रमुख राजु मिजारले जानकारी दिए । मौसममा सुधार भएपश्चात् पुनःउडान सञ्चालन गरिने मिजारले बताए ।
निगमले यसअघि भोजपुर–विराटनगर हप्तामा बिहीबार र शनिबार उडान भर्दै आएको थियो । भोजपुर–काठमाडौँ भने हप्तामा सातै दिन उडान भइरहेको निगमले जनाएको छ ।
नेपाल वायु सेवा निगम