अर्थ शेयर

दश हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री

दश हजार रुपैयाँको सेयर किन्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोली र ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले बिहीबार माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको सेयर किन्ने भएका छन् । यसका लागि प्रधानमन्त्री ओलीले ग्लोबल आइएमई क्यापिटल र नेपाल डिपी लिमिटेडमा डिम्याट खातासमेत मंगलबार नै खोलिसकेको जनताको जलविद्युतत् कार्यक्रम संयोजन समितिका सदस्य सचिव एचआइडिसिएल सिइओ छविराज पोखरेलले बताए । ऊर्जामन्त्रीले पनि ग्लोबलमै डिम्याट खाता खोलेको उनले जानकारी दिए ।


‘प्रधानमन्त्री र मन्त्री दुवैले बिहीबार बिहान १०ः३० बजे प्रधानमन्त्री निवास बालुवाटारबाट अनलाइनमार्फत सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । प्रधानमन्त्रीले १० हजार रुपैयाँ बराबरको एक सय कित्ता सेयरका लागि आवेदन गर्ने जानकारी पाएकोसमेत उनले बताए । ‘ऊर्जामन्त्रीज्यूले पनि न्यूनतम १० हजार रुपैयाँकै सेयर आवेदन गर्ने तयारी छ,’ उनले भने । यो समाचार नयाँ पत्रिकाबाट लिइएको हो । 

ऊर्जामन्त्री वर्षमान पुन सेयर प्रधानमन्त्री केपी शर्मा अ‍ोली

विशेष