अर्थ

अमेरिकाले नेपाललाई डेढ खर्ब सहयोग गर्ने

अमेरिकाले नेपाललाई डेढ खर्ब सहयोग गर्ने

काठमाडौं । अमेरिकाले पाँच वर्षभित्र नेपाललाई दिने सहयोग डेढ खर्ब रुपैयाँ बराबर पुर्याउने बताएको छ । शुक्रबार २४३औं राष्ट्रिय दिवस मनाउने क्रममा उपस्थित राष्ट्रिय अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तिलाई सम्बोधन गर्दै अमेरिकी राजदूत र्यान्डी डब्लू बेरीले अमेरिकाले नेपाललाई बिनासर्त यो सहयोग दिन लागेको प्रस्ट पारेका छन् ।

 

दुई देशबीच ७२ वर्ष लामो सम्बन्ध रहेको बताउँदै राजदूत बेरीले अमेरिकाले आफूलाई कुनै दाताभन्दा पनि साझेदारका रूपमा सहयोग गर्न लागेको उल्लेख गरे। ‘अमेरिका र नेपालबीच बलियो, प्रगाढ र सन्निकट सम्बन्ध आगामी दिनमा अझै प्रगाढ र आत्मीय बन्दै जानेछ,’ राजदूत बेरीले भने, म यो सम्बन्धको निरन्तरताको कामना गर्दछु।’ यो समाचार अन्नपूर्ण पोस्ट दैनिकबाट छापिएको छ।

विशेष