अर्थ शेयर

चार कारोबार दिनबाट २६ अंक गुमाएको शेयर बजारमा मंगलबार २.०७ अंकको सुधार

चार कारोबार दिनबाट २६ अंक गुमाएको शेयर बजारमा मंगलबार २.०७ अंकको सुधार

काठमाडौँ। चार कारोबार दिन २६ अंकको गिरावट आएको शेयर बजारमा सोमबार र मंगलबार भने सामान्य सुधार देखिएको छ । यी दुई कारोबार दिन नेप्सेमा ५ अंकको सुधार देखिएको हो । 

 

नेपाल स्टक एक्सचेन्जका अनुसार मंगलबार नेप्सेमा २.०७ अंकको सुधार आएको छ । आज नेप्से २.०७ अंकले बढेर ११४०.७२ अंकमा उक्लिएको छ । सोमबार बजारमा ३.८७ अंकको सूधार भएको थियो भने यस अघिका चार कारोबार दिनमा सूचक २६.६५ अंक घटेको थियो।

 

मंगलबार १७१ कम्पनीका आठ लाख ८२ हजार कित्ता शेयर २१ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन्। दोस्रो बजारमा कारोबार सूरु भएदेखिनै सर्किट लागेका दुई कम्पनीमा मंगलबार पनि घटेर सर्किट लागेको छ।

 

शिवम् सिमेन्ट र युनिभर्सल पावरमा बजार मूल्य अधिकतम घट्ने क्रममा सर्किट लागेको हो। लगातार मूल्य घट्दा शिवम् सिमेन्टको मूल्य प्रति कित्ता ३४० रुपैयाँमा ओर्लिएको छ भने युनिभर्सल पावरको मूल्य २१९ रुपैयाँमा ओर्लिएको छ।

 

मंगलबार कारोबारमा आएका लघुबित्त बाहेक सबै उपसूचक घटेका छन्। लघुबित्तको सूचक ०.३७ प्रतिशतले घटेको छ भने बाँकी कारोबारमा आएका नौ समूहका सबै सूचक बढेका छन्। आज सबैभन्दा बढी अन्य समुह ०.७८ प्रतिशतले बढेका छन् ।  

नेपाल स्टक एक्सचेन्ज

विशेष