अपराध सुरक्षा

भलिबल खेल्ने क्रममा बिवाद हुँदा कुटपिटबाट मृत्यु

भलिबल खेल्ने क्रममा बिवाद हुँदा कुटपिटबाट मृत्यु

बझाङ। सुर्मा गाउँपालिका-५ स्थित सौनगाउँ बस्ने १४ वर्षीय आनन्द बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न सोही ठाउँ बस्ने १८ वर्षीय जिवन बोहरा र १८ वर्षीय रनु बोहरालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


भलिबल खेल्ने क्रममा आइतबार दिउसो बिवाद हुँदा उनीहरुले कुटपिट गर्दा गम्भीर घाइते भएका बिकको उपचारको लागि जिल्ला अस्पताल बझाङ हुँदै लागि थप उपचारको कोहलपुर बाँकेतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो । कुटपिट गरि फरार भएका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय बझाङ, प्रहरी चौकी दौलीचार र सशस्त्र प्रहरी बलको संयुक्त रुपमा खटिएको प्रहरीले खोजी गर्ने क्रममा सुर्मा गाउँपालिका-५ मा फेला पारी पक्राउ गरेको हो ।

विशेष