अख्तियारद्वारा अख्तियारका तत्कालीन आयुक्त पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायण पाठकविरुद्ध विशेष अदालतमा आज भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ ।
पदको दुरुपयोग गरी एक इञ्जिनीयरिङ कलेजको विवाद मिलाउने भनी ७८ लाख रकम घुस लिएको अभियोगमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । थप विवरण आउन बाँकी छ ।