लगानी सम्मेलनमा एक हजार लगानीकर्ता सहभागी हुने

काठमाडौं। लगानी सम्मेलनमा एक हजारभन्दा बढी लगानीकर्ताको सहभागिता रहने अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
मङगलबार लगानी बोर्डको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै अर्थमन्त्री खतिवडाले स्वदेशी तथा विदेशी गरी सम्मेलनमा एक हजार लगानीकर्ता सहभागी हुने बताए । उनका अनुसार सम्मेलनमा ६ सय देखि ६ सय ५० विदेशी तथा ३ सय देखि ४ सय नेपाली लगानीकर्ताको सहभागिता रहनेछ । विदेशी लगानीकर्ता सम्मेलनमा सहभागी हुन उत्साही रहेको मन्त्री खतिवडाले बताए ।
बुधबार विहान ११ बजे पत्रकार सम्मेलन गरेर लगानी सम्मेलनको सम्पूर्ण जानकारी दिइने उनले बताए । बैठकमा ठूलो सम्मेलन गर्न संरचना नरहेको हुनाले आगामी दिनका नयाँ ठूलो सम्मेलन केन्द्र बनाउनुपर्ने विषयको चर्चा भएको थियो ।
लगानी सम्मेलन युवराज खतिवडा