संघीय समाचार प्रदेश २

विज्ञान विषयको प्रश्न पत्र बाहिरिदा एसईई परीक्षा रद्द

विज्ञान विषयको प्रश्न पत्र बाहिरिदा एसईई परीक्षा रद्द

प्रदिप सिंह महतो  

लहान। प्रदेश नम्बर २ का आठै जिल्लामा आज माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत विज्ञान विषयको परीक्षा रद्द गरिएको छ । 

 

परीक्षा अगाडि नै प्रश्न पत्र बाहिरिएको  थाहा भएपछि विज्ञान विषयको परीक्षा रद्द गरिएको हो । शिक्षा निर्देशनालय प्रदेश २ का निर्देशक रामाकान्त शर्माका अनुसार बुधबार राति ११ बजेतिर भाइबर, इमो, ह्वाट्सएप आदि माध्यमबाट प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गर्ने निर्णय गरिएको हो ।

 

बुधबार राति सप्तरी जिल्लाबाट प्रश्नपत्र बाहिरिएको बुझिए पनि यथार्थ अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको छ । अब विज्ञान विषयको परीक्षा यही चैत्र २२ गते हुनेछ ।

बाहिरिएको प्रश्न पत्र यस्तो छ

विशेष