अर्थ शेयर

लगानी सम्मेलनको पूर्वसन्ध्यामा शेयर बजार सुधार उन्मुख, चार दिनमा १० अंकको सुधार

लगानी सम्मेलनको पूर्वसन्ध्यामा शेयर बजार सुधार उन्मुख, चार दिनमा १० अंकको सुधार

काठमाडौं। निरन्तर ओरालो लागिरहेको शेयर बजारले पछिल्लो चार दिनमा भने गति लिएको छ । सोमबारदेखि सुधार उन्मुख देखिएको नेप्से चार दिनमा १० अकंको सुधार गर्दै सकारात्मक तर्फ लम्किएको हो । 

 

अन्तराष्ट्रिय लगानी सम्मेलन २०७५ को पूर्वसन्ध्यामा सेयर बजार सुधार उन्मुख देखिएको छ । यतिखेर शेयर बजारको सुधारको माग राखेर आन्दोन गर्ने दबाब समूहहरु समेत पछाडी हटेका छन् । 


बजार सुधारउन्मुख देखिएसँगै र नेपाल धितोपत्र बोर्डले  लगानीकर्तालाई विरोधका कार्यक्रम फिर्ता लिन आग्रह गरेसँगै आन्दोलित लगानीकर्ताहरु पछाडि हटेका हुन्।

शेयर बजारमा क्रमिक सुधार देखेपछि तीनवटा लगानीकर्ता संघले लगानी सम्मेलनको स्वागत गर्दै प्रेस विज्ञप्ती समेत जारी गरेका छन्।

 

बिहीबार नेप्सेमा २.०१ प्रतिशतले सुधार देखिएको छ । २४ करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको यस दिन २.०१ सुधार हुँदै ११४४.५३ विन्दुमा गएर रोकिएको छ।

 

एक साता अगाडि सूचीकृत भएर आज १५ प्रतिशत लाभांश घोषणा गरेको शिवम् सिमेन्टको अधिकतम दुई करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।

 

सूचीकृत भएसँगै हरेक दिन घट्दो क्रममा सर्किट लाग्दै आएको युनिभर्सल पावर कम्पनीको कारोबारमा आज पनि सर्किट लागेको छ। कम्पनीको बजार मूल्य १७९ रुपैयाँमा झरेको छ।

 

होटल, विकास बैंक, हाइड्रोपावर र फाइनान्सको सूचक रातो देखिए पनि बाँकी सूचक बढेका छन्। गएका तीन कारोबार दिनमा सामान्य सुधार देखिएको छ।

 
 

सेयर बजार

विशेष