शंखले बढाएको सौन्दर्य (फोटो फिचर)
जमिनमा घर उमार्ने प्रतिस्पर्धाले काठमाडौंमा पार्कको अभाव छ । तन, मन रमाउने खुल्ला ठाउँ नहुँदा राजधानीबासीको जनजीवन खुम्चिदै गएको छ ।
बालबच्चा, किशोर किशोरी र जेष्ठ नागरिक सबै तह र तप्का धुलो, धुवाँ, ट्राफिक जामजस्ता झन्झटसंग जीवन अनुवाद गरिरहेका छन् । सबै लोलीमा बोली मिसाउँछन्– ‘काठमाडौं बस्न लायक नै भएन ।’
प्राकृतिक एसी मानिने काठमाडौंसंग निरासाका समाचार मात्र छैनन् । नामजस्तै सौन्दर्य आर्जेको शंखमूल पार्क हेर्दा काठमाडौंले काया फेर्न लागेको भान हुन्छ ।
गैर आवासीय नेपाली संघले बनाइदिएको शंखपार्कको स्निग्ध शंखले साँच्चै सत्य अनि नित्य मानिसलाई घच्घच्याएर पाञ्चजन्यको काम गरिरहेको छ । हरेक पिँढीका मानिसको बाक्लो उपस्थितिले यही सन्देश प्रवाह गर्छ ।
अझ यतिबेला बाग्मती नदीमा कन्चन पानी बगिदिएको भए यो पार्कको सौन्दर्य सुनमा सुगन्ध थपिने थियो
शंखमूल पार्क