अर्थ

क–कसले गरे लगानीको घोषणा

क–कसले गरे लगानीको घोषणा

काठमाडौं । लगानी सम्मेलनमा सूर्य नेपालका प्रबन्ध–निर्देशक अभिमन्यु पोद्दारले करिब ६ अर्ब लागतमा लक्जरी होटेल खोल्ने घोषणा गरेका छन् । उपभोग्य सामग्रीमा समेत लगानी विस्तार गर्ने योजना रहेको उनले बताए । मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने बताए । मुथुटले नेपालको बैंक नै किन्न सक्नेसमेत बताए । उनले नेपालको शिक्षा क्षेत्रमा समेत लगानी गर्ने अवसर खोजिरहेको बताए । 

 

सुडानका लागि नेपालका अवैतनिक महावाणिज्यदूत अब्बास अलबखित माउसाले नेपालमा ठूलो होटेलमा लगानी गर्ने उद्घोष गरे । त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा एचएच बजाजका प्रबन्ध–निर्देशक शेखर गोल्छाले अटोमोबाइलको एसेम्बलसँग सम्बन्धित उद्योग खोल्ने बताए । सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत साइक बोलसोभरले झापामा पाँचतारे होटल खोल्ने बताए । यो खबर आजको नयाँपत्रिका दैनिकबाट लिइएको हो ।

नेपाल लगानी सम्मेलन

विशेष