साताको पहिलो दिन शेयर बजार स्थिर, ०.९९ विन्दुले बजार घट्दा २६ करोडको कारोबार
काठमाडौं। गत सातादेखि क्रमिक सुधार आएको शेयर बजारमा यस साताको पहिलो कारोबार दिन पनि बजार स्थिर रहेर सुधारको संकेत देखाएको छ । आइतबार शेयर बजारमा ०.९९ अंकको गिरावट आउँदै ११४३.५९ विन्दुमा कायम भएको छ ।
स्थिर जस्तै देखिएको शेयर बजारमा कारोबार रकम भने बढ्न सकेको छैन । ०.९९ प्रतिशतले स्थिर रहेको बजारमा आज २६ करोड रुपैयाँ बराबरको मात्र कारोबार भएको छ ।
आइतबार कारोबार सुरु हुने वित्तिकै केही समय बढ्ने संकेत देखिए पनि ४५ मिनेटपछि बजार विस्तारै तल झरेको थियो ।
यो कारोबार दिन बैंकिङ, अन्य र उत्पादन तथा प्रसोधनको उपसूचक हरियो देखिएपनि बाँकी सूचक तथा उपसूचक घटेका छन्। बाणिज्य बैंकको सूचक पनि मज्मा ०.२२ विन्दुले मात्रै सुधार भएको छ।
आज सबैभन्दा धेरै जीवन र निर्जीवन बीमाको सूचक ०.८९ र ०.८३ विन्दुले घटेका छन्। सबै भन्दा धेरै बैंक अफ काठमाडौंको दुई करोड १२ लाख रुपैयाँको कारोबार भएको छ। कारोबार सुरु भएको आधा घण्टा पछि बैंकको करोबार बढेको थियो। कारोबार सुरु भएको ३३ मिनेटमा १५ हजार ५०० कित्ताको करोबार भए सँगै लगानीकर्ताको सक्रियता बढेको थियो।
लाभांस घोषणा गरेको शिवम् सिमेन्टको पनि एक करोड ६ लाख रुपैयाँको कारोबार भएको छ। आज सबै भन्दा धेरै अरुण कावेलीका शेयरधनीहरुले ४.५५ प्रतिशतले कमाएका छन् भने घट्दो क्रममा रहेको युनिभर्सल पावरको सर्किट लाग्ने क्रम रोकिएको छैन।
कम्पनीको शेयर दोस्रो बजारमा सूचीकृत भए देखिनै घट्ने क्रममा हरेक दिन सर्किट लाग्दै आएको छ।