व्यापार अर्थ कर्पोरेट प्रदेश २

प्रदेश २ मा चौधरी ग्रुपले सौर्य ऊर्जामा लगानी गर्ने

प्रदेश २ मा चौधरी ग्रुपले सौर्य ऊर्जामा लगानी गर्ने

काठमाडौं । चौधरी ग्रुप(सीजी)ले प्रदेश २ मा २ सय मेगावाट क्षमताको सौर्य उर्जा परियोजनामा लगानी गर्ने भएको छ । अमेरिकी लगानी र चौधरी ग्रुपको साझेदारीमा महोत्तरीको ढल्केबर र पर्साको परवानीपुरमा सौर्य उर्जा परियोजना निर्माण हुन लागेको हो । 

 

परियोजना निर्माणबारे सहमति पत्रमा हस्ताक्षर भइसकेको छ । शनिबार लगानी सम्मलेनको अवसरमा चौधरी इन्फ्रास्टक्चर कम्पनीको प्रबन्ध निर्देशक निर्वाण चौधरी र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संझौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

चौधरी ग्रुपले महोत्तरीको ढल्केबरमा १२० मेगावाट क्षमता र पर्साको परवानीपुरमा ३० मेगावाट क्षमताको सौर्य परियोजना निर्माण गर्न विद्युत विकास विभागबाट स्वीकृति पाएको थियो ।अमेरिकी कम्पनी स्काई पावरसँगको साझेदारीमा चौधरी समूहले सौर्य उर्जामा लगानी गर्न लागेको हो । 

 

घोषणा कार्यक्रममा चौधरी समूहका अध्यक्ष विनोद चौधरीले प्रदेश सरकारबीच लगानी र परियोजना आकर्षित गर्ने होड शुरु हुने विश्वास व्यक्त गर्दै सौर्य परियोजनाको लागी साझेदारी भएकोमा प्रदेश मुख्यमन्त्री लालबाबु राउतलाई बधाई दिए।

 

घोषणा कार्यक्रममा स्काई पावरका संचालक केरी एडलरले सौर्य उर्जा उत्पादनको लागी आवश्यक पर्ने सौर्य प्यानल नेपालमै एसेम्बल गर्ने समेत बताएका छन् ।
 

विशेष