यौन-शिक्षा

महिलाको उमेरअनुसार कस्तो यौन चाहना

महिलाको उमेरअनुसार कस्तो यौन चाहना

कुन उमेर महिलामा यौन चाहना बढी हुन्छ भन्ने कौतुहलता धेरै  पुरुषमा हुने गर्दछ । त्यसैले पुरुषलाई लक्षित गर्दै नयाँ नयाँ सर्वेक्षण हुने गर्दछ । भिटामिन कम्पनी हेल्थ स्पानले ल्याएको यो नयाँ रिर्पोटले यस्तो यस्तो जानकारी गराएको छ ।

 

उक्त सवर्वेक्षणले २० वर्ष उमेरभित्रक महिलामा यौन चाहना उच्च रहने सार्वजनिक गरेको छ । यसअघि ३५ देखि ४० वर्षसम्म महिला यौन सम्बन्ध राख्नका लागि लालयित हुने गर्दछन् भन्ने सर्वेक्षणबा खुलेको थियो ।  त्यतिबेला उनीहरुमा सम्बन्धलाई लिएर उच्च आत्मविश्वास तथा इच्छाशक्ति रहने जनाइएको थियो ।

 

तर, नयाँ सर्वेक्षणले उमेर बढ्दै गएसँगै महिलाले बेडरुममा असुरक्षित महसुस गर्ने तथ्य बाहिर ल्याएको छ । बढ्दो उमेरसँगै महिला आफूलाई नराम्रो ठान्ने गरेको पनि सर्वेक्षणका क्रममा खुलासा भएको छ ।

 

त्यस्तै २० वर्षसम्म उनीहरूसँग यौन शक्ति पर्याप्त रहने पनि सर्वेक्षणमा जनाइएको छ । नयाँ सर्वेक्षणमा ३० वर्ष कटेका केही महिलाले आफूलाई आर्कषक महसुस नगर्ने बताएका थिए भने दुई तिहाईले यौन सम्बन्धको इच्छा नरहेको बताएका थिए ।

 

२० वर्षभन्दा कम तथा २५ वर्षभित्रका महिलाले भने यौन इच्छाशक्ति तीव्र रहेको प्रतिक्रिया दिए । रिर्पोटमा जनाइएअनुसार ४१ देखि ४५ वर्षको उमेर यौनका लागि सबैभन्दा नराम्रो उमेर मानिन्छ ।

यौन शिक्षा

विशेष