अपराध सुरक्षा

सुनकाण्डमा पक्राउ परेकालाई जेल चलान

सुनकाण्डमा पक्राउ परेकालाई जेल चलान
  • प्रदिप सिंह महतो 

लहान । सिरहामा सुनकाण्डमा पक्राउ परेका लहान नगरपालिका १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना लाइ जेल चलान भएको छ ।

 

गएको पुस २४ गते पुर्वपश्चिम राजमार्ग अन्तर्गत मिर्चैया नजिकबाट एक किलो ७ सय ५७ ग्राम सुनसहित वडाध्यक्ष हकिम, मियाँ , मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाज पक्राउ परेका थिए । पक्राउ परेका सबैलाई पुर्पक्षका लागि सिरहा कारागारमा पठाइएको हो ।

 

राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाको आदेशमा शुक्रबार उनीहरु पूर्वपक्षका लागि सिरहा कारागार चलान गरिएको छ । जिल्ला अदालत सिरहाका श्रेस्तेदार नरेन्द्र श्रेष्ठले न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँ र उनीसंगै पक्राउ परेका ६ जनालाई कारागार चलान गरिएको जानकारी प्राप्त भएको छ ।

 

लेपाल सशस्त्र प्रहरीको टोलीले पूर्व–पश्चिम राजमार्ग गोलबजार नगरपालिका–९ घुर्मी पुलबाट एक किलो सात सय ५७ ग्राम अवैद्य सुनसहित वडाध्यक्ष हकिम मियाँसहित ६ जना पक्राउ परेका थिए । कतारबाट लुकाइएको सुन लिएर बीआर ३२ पिए ४६४४ नंबरकाे स्कापि जिप लहानितर आउँदै गरेको जानकारी प्राप्त भएपछि घुर्मी खोलामा आइपुगेपछि नेपाल सशस्त्र प्रहरीको  टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

सुनकाण्ड

विशेष