अपराध सुरक्षा

टर्की र ग्रिसको नक्कली राहदानीमा नेपाल छिरेका ३ इरानी निष्कासित

टर्की र ग्रिसको नक्कली राहदानीमा नेपाल छिरेका ३ इरानी निष्कासित

काठमाडौं । गृह मन्त्रालयले टर्की र ग्रिसको नक्कली राहदानीमा काठमाडौं पसेका ३ इरानीलाई नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाएको छ। गृहले मोहम्मद नाज्मी, उनकी पत्नी आतेफ र छोरा अमिन इस्ताकरलाई ५ वर्षका लागि निष्काशन गरेको हो। उनीहरू भारतबाट स्थलमार्ग हुँदै काठमाडौं आएका थिए।

 

पुस १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड जाने क्रममा त्यहाँको अध्यागमनले ग्रिसको राहदानीमा भएको नेपालको भिसा शंकास्पद भन्दै उनीहरूलाई फिर्ता पठाएको थियो। अध्यागमन विभागको हिरासतमा रहेका उनीहरूलाई गृह मन्त्रालयका सचिव प्रेमकुमार राईको फागुन १० को सचिवस्तरीय निर्णयले नेपाल प्रवेशमा ५ वर्ष प्रतिबन्ध लगाई निष्काशन गरेको हो।

 

जाली राहदानीमा नेपाललाई ट्रान्जिट बनाइ ओहोरदोहोर गर्ने इरानीको संख्या केही समययता ह्वात्तै बढेको छ। उनीहरूले एउटै परिवार बताए पनि अनुसन्धानबाट पुष्टि भएन। मोहम्मद मानव तस्करीमा संलग्न भएको आशंका गरिए पनि पुष्टि हुन सकेन। इन्टरपोलको रेकर्डअनुसार उनीहरूले बोकेको राहदानी टर्की र ग्रिसको भएको र ती हराएका वा चोरिएका (एसएलटीडी) हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

 

निष्कासन इरानी नागरिक

विशेष