अर्थ शेयर

गत हप्तादेखि निरन्तर उकालो लागेको सेयर बजार मंगलबारको ब्रेकपछि पुनः लयमा

गत हप्तादेखि निरन्तर उकालो लागेको सेयर बजार मंगलबारको ब्रेकपछि पुनः लयमा

काठमाडौं । गत सातादेखि निरन्तर उकालो लागेको शेयर बजारले मंगलबार नौ अंकको करेक्शन पछि पुन सुधारको लय समातेको छ । करेक्शन पश्चातको बजारमा कारोबार केहि शिथिल भएपनि सूचक सकारात्मक रहँदा लगानीकर्तामा उत्साह देखिएको छ ।

 

अल्पकालिन कारोबारीले नाफा सुरक्षित गर्ने क्रममा मंगलबारको बजार नौ अंकले घटेको थियो । तर बुधबार बजार पुन उकालो लागेको छ । आज नेप्से ३.५२ अंकले बढेर ११८४.६१ अंकमा कायम भएको छ ।

 

१६९ कम्पनीको शेयर किनबेच भएको बुधबारको बजारमा ४१ करोड बढीको शेयर किनबेच भयो । मंगलबारको तुलनामा बुधबार कारोबार रकम ३२ करोड कम हो । मंगलबार ७३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

यसदिन कारोबारमा आएका १० उपसमूह मध्ये जलविद्युत समूहको सूचक ५.४३ अंकले ओरालो लागेको छ भने अरु नौ समूहको सूचक बढेका छन् । जसमा र्निजीवन बीमा समूहको सूचक सबै भन्दा धेरै अर्थात २४.२३ अंकले बढोत्तरी भएको छ । जीवन बीमा १२.५९, अन्य ६.७३, वित्त ३.१७, विकास बैंक ३.१४, बैंकिङ्ग २.९६, लघुवित्त २.३६, र होटल समूहको सूचक ०.२२ अंकले सुधार भएका छन् ।  


बुधबार कुमारी बैंकको सबै भन्दा धेरै शेयर कारोबार भएको छ । बैंकको दुई लाख २० हजार ८७४ कित्ता शेयर ५ करोड ७२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । बैंकले दुई आर्थिक बर्षको साधारणसभा एकसाथ आह्वान गरेपछि शेयर किनबेच बढेको हो ।

 

त्यसैगरी एनआइसी एशिया बैंक र एनएमबि बैंकको पनि दुई करोड ५० लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भयो । यसदिन नेपाल कम्यूनिटी डेभलपमेन्ट बैंक र रिलायन्स फाईनान्सको शेयर मूल्य सबै भन्दा बढि ५ प्रतिशतले बढ्यो ।


 

शेयर बजार

विशेष