अब एक हजारमै शेयरधनी बन्न पाइन, विद्यार्थी तथा निम्न वर्गका लागि विशेष व्यवस्था

काठमाडौं। नेपाल धितोपत्र बोर्ड (नेप्से)ले सार्वजनिक शेयर निष्काशन गर्दा न्युनतम १० कित्ताको लागि पनि आवदेन दिन पाउने व्यवस्था गरेको छ।
बोर्डले प्राथमिक शेयरमा विद्यार्थी तथा निम्न वर्गले पनि आवदेन दिन सक्ने भन्दै न्युनतम १० कित्ताको लागि आवेदन दिन पाउने व्यवस्थालाई अनिवार्य गरेको हो।
सजिलै प्राथमिक शेयर बिक्री हुने कम्पनीले न्यनतम १० कित्ताको लागि पनि आवेदन दिन पाउने व्यवस्था गरे पनि प्राथमिक शेयर बिक्री हुन नसक्ने अवस्थाका कम्पनीले भने न्यनतम ५० कित्ताको लागि आवदेन दिन पाउने व्यवस्था गर्दै आएका थिए।
यसअघि १० कित्ता शेयर पाउन ५० कित्ताको आवदेन किन भन्ने प्रश्न उठेको थियो। बोर्डको यस्तो समावेशी व्यवस्थाले पूँजीबजारमा विद्यार्थी सहित ससाना पूँजी भएको वर्ग समेतको सहभागिता बढ्ने र यो वर्षको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढी पूँजीबजारको विकास र विस्तारमा थप टेवा पुग्ने बोर्डका प्रवक्ता निरज गिरिले विश्वास व्यक्त गरे।