फोटो पर्यटन

मनमोहक चन्द्रागिरी (फोटो फिचर)

मनमोहक चन्द्रागिरी (फोटो फिचर)

नयाँ बर्ष संघारमा छ । घर घरका भित्तामा नयाँ पात्रो झुण्ड्याउने क्रम शुरु भइसकेको छ । पोहोरको नयाँ वर्ष पुरानो भएर इतिहासमा सीमित हुने तर्खरमा छ । नयाँ बर्षमा राम्रो लाउने, मीठो खाने, सुन्दर ठाउँ घुम्न जाने सबैको इच्छा हुन्छ ।

यदि तपाईं यस्तै सोचमा हुनुहुन्छ भने योजना बनाई हाल्नुस् । काठमाडौं बाहिर जाने अनुकूल मिलेको छैन् भने चन्द्रागिरी हिल तपाईंका लागि उत्तम गन्तव्य बन्न सक्छ । धार्मिक एवं पर्यटकीय दृष्टिले यसको उच्च महत्व छ । 

चन्द्रागिरी हिलमा पुगेर उपत्यका र मकवानपुरको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ । केवलकारबाट यात्रा गर्दा जंगल र राजधानीको दृश्य रोमाञ्चक त छँदैछ, त्यसमाथि त्यहाँबाट देखिने महालंगुर र अन्नपूर्ण हिमश्रृङखलाले सबैको मन लोभ्याउँछ । छिनमै रिसाउने, छिनमै हँसाउने जस्तो यहाँको मौसमले प्रकृतिको सौन्दर्यमा सुनमाथि सुगन्ध थपेको भान पर्छ ।  


 

 

 

 

 

 

 

 

 

 

चन्द्रागिरी धार्मिक स्थल

विशेष