अर्थ

तामझामसँग सुरु गरिएको सामाजिक सुरक्षा कोषकै २२ अर्ब २ करोड दुरुपयोग

तामझामसँग सुरु गरिएको सामाजिक सुरक्षा कोषकै २२ अर्ब २ करोड दुरुपयोग

काठमाडौं । महालेखा प्रतिवेदनले सामाजिक सुरक्षा कोषको रकम दुरुपयोग भएको जनाएको छ। कोषमा जम्मा भएको २२ अर्ब दुई करोड ६४ लाख रुपैयाँ दुरुपयोग भएको प्रतिवेदनमा उल्लेख छ।

 

महालेखा परीक्षकले शुक्रबार प्रतिवेदनअनुसार सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकम रकमान्तर गरेर खर्च भइसकेको छ। सामाजिक सुरक्षा कोषमा जम्मा हुनुपर्ने रकम सञ्चित कोषमा जम्मा गरी खर्च भइसकेको प्रतिवेदनमा उल्लेख छ। राष्ट्रियस्तरको कल्याणकारी कोषले उद्देश्यअनुरूप काम गर्न नसकेपछि त्यसमा जम्मा भएको १६ अर्ब ३९ करोड ४० लाख रुपैयाँ यस वर्ष सामाजिक सुरक्षा कोषमा हस्तान्तरण गरिएको थियो।

 

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन जारी भएपछि सामाजिक सुरक्षा कोषमा राष्ट्रियस्तरको कल्याणकारी कोषको रकम जम्मा हुनुपर्ने व्यवस्था भए पनि राष्ट्रियस्तरको कल्याणकारी कोषका सम्बन्धमा केही उल्लेख नगरेको प्रतिवेदनमा छ। बोनस ऐनअनुसारको ३० प्रतिशत रकम राष्ट्रियस्तरको कल्याणकारी कोषमा नपठाइ सिधै सामाजिक सुरक्षा कोषमा पठाउनुपर्ने व्यवस्था भए राष्ट्रियस्तरको कल्याणकारी कोषको प्रशासनिक खर्च बचत हुने प्रतिवेदनमा भनिएको छ। समयमै कानुनी र संरचनागत सुधार गर्न महालेखाले श्रम मन्त्रालयलाई निर्देशन दिएको छ। यो खबर आजको अन्नपूर्ण पोस्टबाट लिइएको हो।

सामाजिक सुरक्षा

विशेष