लामो समयदेखि राजदूत रिक्त नेपाली दूतावासमा करोडौँ खर्च

काठमाडौं । संयुक्त अरब इमिरेट्को आवुधावी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा अन्य सेवासुविधाका नाममा झन्डै ३ करोड रुपैयाँ खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनमा जनाइएअनुसार आबुधाबीस्थित नियोगले राजदूत निवासका नाममा २०७३ वैशाखदेखि २१ महिनाको ‘अनावश्यक घरभाडा तिरेको’ छ । यो अवधिमा संयुक्त अरबमा राजदूत पद खाली थियो । पूर्ववर्ती राजदूत धनञ्जय झा २०७२ वैशाखमा पदावधि सकेर फर्केका थिए । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिइएको हो।
राजदूतावास खर्च