अर्थ शेयर

हरियो बत्ती बाल्दै शेयर बजारले नयाँ वर्षको शुरुवात गर्याे, पहिलो कारोबार दिन ४ अंकको सुधार

हरियो बत्ती बाल्दै शेयर बजारले नयाँ वर्षको शुरुवात गर्याे, पहिलो कारोबार दिन ४ अंकको सुधार

काठमाडौं। नयाँ वर्षको शुरुवातसँगै नेप्से पोजेटिभ देखिदा शेयर बजारमा शुभ संकेत देखाएको छ । वर्षको पहिलो कारोबार दिन नेप्से सूचक ४ अंकले सुधार देखिएको हो। 

 

सोमबार नेप्से ४.७० अंकले बढेर ११८८.७१ विन्दुमा कायम भएको छ । यसदिन १६५ कम्पनीको शेयर किनबेच भएको बजारमा ३० करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ।

सोमबार फाइनान्स, हाइड्रोपावर, अन्य र जीवन बीमाको सुचक घटेका छन्। नेको इन्स्योरेन्सको सबैभन्दा धेरै दुई करोड ७५ लाख रुपैयाँको भएको छ। एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले सबैभन्दा धेरै ७२ रुपैयाँले कमाएका छन्।

गत साता बढ्ने क्रममा सर्किट लागेको नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको बजार मूल्य सोमबार सबैभन्दा धेरै ६ प्रतिशतले घटेको छ। 

 

यस दिन कारोबारमा आएका १० उपसमुह मध्ये ६ सकारात्मक हुँदा ४ उपसमुहको सुचक नकारात्मक देखिए। सोमबार माइक्रोफाइनान्सको सुचक सबै भन्दा धेरै ४२.४४ अंकले बढेको छ । यस्तै होटल २२.४९, उत्पादन तथा प्रशोधन १०.३५, निर्जीवन बीमा ६.९५, वाणिज्य बैंक ५.८९, विकास बैंक ४.१३ अंकले सुधार भएका छन् ।

यता जीवन बीमाको सुचक सबैभन्दा धेरै ११.२५ अंकले नकरात्मक बनेको छ । यसैगरी हाइड्रोपावर ५.३२, अन्य ५.२८ र फाइनान्स २.०१ अंकले ओरालो लागेका हुन् ।

 

सोमबार नेको इन्स्योरेन्सको धेरै रकमको कारोबार भएको छ । इन्स्योरेन्सको २ करोड ७५ लाख रुपैयाँको कारोबार भएको हो ।

यस्तै कुमारी बैंकको १ करोड ९६ लाख, एनआईसि एशिया बैंकको १ करोड ८३ लाख, एभरेष्ट इन्स्योरेन्सको १ करोड ६८ लाख, एनएमबि बैंकको १ करोड ६२ लाख र प्रभु बैंकको १ करोड ५९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सबैभन्दा धेरे एक्टिभ कम्पनीमा माथिल्लो तामाकोशी देखिन्छ। तामाकोशीको ४३२ वटा कारोबार भएको छ। डिम्याण्ड साइडमा एनसिसी बैंकको सबैभन्दा धेरै ७७ हजार कित्ताको लागि माग रहेको छ।
 

शेयर बजार

विशेष