अर्थ शेयर कर्पोरेट

अब शेयर कारोबारमा प्यान अनिवार्य, साना कारोबारीलाई सोएछिक विकल्प

अब शेयर कारोबारमा प्यान अनिवार्य, साना कारोबारीलाई सोएछिक विकल्प

काठमाडौं । नेपाल धितोपत्र बोर्डले शेयर कारोबारमा अनिवार्य स्थायी लेखा नंबर(प्यान) लागू गरेको छ । बोर्डले सरकारको योजना अनुसार ५ लाख भन्दा माथिको कारोबारमा अनिवार्य प्यान लागू गरेको हो । 


सोमबार देखि लागू यस नियममा तत्काललाई ५ लाख वा सो भन्दा बढीको कारोबारमा प्यान अनिवार्य गरेको छ ।

शेयर बजारका सबै लगानीकर्तालाई प्यानको दायरामा ल्याउने सरकारको योजना भए पनि विभिन्न पक्षसँगको छलफल तथा सुझावका आधारमा ५ लाखभन्दा बढीको कारोबारमा मात्र प्यान अनिवार्य गरिएको हो ।

 

५ लाखभन्दा कमको कारोबार गर्नेहरुले पनि ऐच्छिक रुपमा प्यानमा आबद्ध हुन सक्ने बोर्डले जनाएको छ । गत चैत १० गते आइतबारदेखि शेयर कारोबारमा स्वेच्छिक रूपमा प्यान लागू गरिएको थियो ।

 

नेपाल धितोपत्र बोर्डका अनुसार दोस्रो बजारमा एक पटकमा पाँच लाख वा सो भन्दा बढीको कारोवारमा मात्र स्थायी लेखा नम्बर प्यान चाहिनेछ । दिनभरीको कारोवार वा पटक पटकको कुल कारोवारको नभई एक पटकमा ५ लाख वा सोभन्दा बढीको कारोवार गर्दा मात्र प्यान अनिवार्य गरिएको हो ।

 

सरकारको बजेट कार्यन्वयन कार्ययोजनामा दोश्रो बजार मार्फत शेयर खरिद गर्दा लगानीकर्ताले स्थायी लेखा नम्बर लिएको प्रमाण पेश गर्नुपर्ने नीतिगत व्यवस्था अनुसार स्थायी लेखा नम्बर अनिवार्य गर्ने व्यवस्था गरिएको हो । 

नेपाल धितोपत्र बोर्ड

विशेष