सिभिल बैंकले एकै पटक घोषणा गर्यो १४.८४ प्रतिशतको लाभांश वितरण
काठमाडौं। सिभिल बैंकले एकै पटक अहिलेसम्मकै अधिकतम लाभांश वितरणको घोषणा गरेको छ ।
बैंकको संचालक समितिको बैठकले अघिल्ला दुई आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को नाफाबाट १०.२५ प्रतिशत बोनस शेयर र ४.०५ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो।
संचालक समितिले घोषणा गरेको यो लाभांश अहिलेसम्मकै अधिकतम लाभांश हो।
बैंकको वैशाख २ गते बसकेको संचालक समितिको बैंठकले आगामी वैशाख २७ गते एकैपटक दुई आर्थिक वर्षको वार्षिक साधारणसभा डाकेको छ।
संचालक समितिले गत आर्थिक वर्ष २०७४/७५ को नाफाबाट १०.२५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेसँगै बैंकको चुक्ता पूँजी ८ अर्ब ७४ करोड रुपैयाँ पुग्नेछ। बैंकको हालको चुक्ता पूँजी ८ अर्ब रुपैयाँ रहेको छ।
संचालक समितिले तीनजना संस्थापक शेयरधनीहरुको तर्फबाट र तीनजना सर्वसाधारण शेयरधनीहरुको तर्फबाट जम्मा ६ जनाको निर्वाचन गर्ने कार्यक्रम तय गरेको छ।
साधारणसभामा बैंकले कुनै बैंक सँग गाभ्ने वा गाभिने प्रयोजनका लागि संचालक समितिलाई विशेष अख्तियारी दिने विशेष प्रस्ताव समेत अघि सारेको छ।
नेपाल राष्ट्र बैंकले निर्देशन गरेको चुक्ता पूँजी गत वर्ष नै बोनस शेयर र हकप्रद मार्फत जुटाइसकेको बैंकले यस वर्ष थप पूँजी जुटाउने हिसावले बोनस शेयर दिने घोषणा गरेको हो।
बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कम नाफा गर्ने सिभिलले दुई आर्थिक वर्षको एकै पटक १४।८४ प्रतिशत लाभांस दिने भएको हो।
सिभिल बैंक