अर्थ

एनसेलले तिर्न बाँकी आयकर कसरी पुग्यो ३९ अर्ब ६ करोड ?

एनसेलले तिर्न बाँकी आयकर कसरी पुग्यो ३९ अर्ब ६ करोड ?

काठमाडौं : ठूला करदाता कार्यालयले एनसेलले तिर्नुपर्ने आयकर निर्धारण गरेको छ । कार्यालयका अनुसार कम्पनीले आयकर, शुल्क, ब्याज, विलम्ब शुल्क गरी कुल ३९ अर्ब ६ करोड रुपैयाँ दाखिला गर्न बाँकी छ । अहिलेसम्म एनसेलले ठूला करदाता कार्यालयमा पुँजीगत लाभकर २१ अर्ब ५४ करोड ८० लाख र विलम्ब शुल्क दुई अर्ब दुई करोड रुपैयाँ बुझाएको थियो । 

ठूला करदाता कार्यालयले मंगलबार एनसेल प्रालिका नाममा उक्त रकम निर्धारण गर्दै आठ दिनभित्र दाखिला गर्न निर्देशन दिएको छ । टेलिया सोनेरा कम्पनी स्विडेनले मलेसियाको एक्जिएटा बरहादलाई एक खर्ब ४३ अर्ब ६५ करोडमा एनसेल बिक्री गरेको थियो । 

- आयकर ऐन, २०५८ बमोजिम २५ प्रतिशतले हुने कर स् ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार ५ सय 

- उक्त ऐनबमोजिमको विलम्ब शुल्क स् १८ अर्ब ३३ करोड ७ लाख ३६ हजार  

- ऐनबमोजिमको ब्याज ९०७६ वैशाखसम्म० स् ८ अर्ब ३९ करोड ८ लाख १२ हजार 

- कुल स् ६२ अर्ब ६३ करोड ४९ लाख ७५ हजार 

- दाखिला गरेको रकम स् २३ अर्ब ५७ करोड ४२ लाख ९० हजार 

- अब बाँकी स् ३९ अर्ब ६ करोड ६ लाख ८४ हजार  यो खबर आजको नयाँ पत्रिकाबाट लिइएको हो।

एनसेल एक्जियटा ठूला करदाता

विशेष