Technology अर्थ शेयर

सेयरबजारमा मार्जिन कारोबारका लागि ३१ कम्पनी मात्रै योग्य, कुनैपनि विमा कम्पनी अटाउन सकेनन् 

सेयरबजारमा मार्जिन कारोबारका लागि ३१ कम्पनी मात्रै योग्य, कुनैपनि विमा कम्पनी अटाउन सकेनन् 

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सुची सार्वजनिक गरेको छ। 
मार्जिन कारोबार सुबिधा सम्बन्धि कार्यविधिअनुसार यस आर्थिक बर्षको लागि मार्जिन कारोबार योग्य कम्पनीहरुको सुची सार्वजनीक गरेको हो । 

 

नेप्सेकाअनुसार सेयरबजारमा सुचिकृत कुल कम्पनी मध्ये जम्मा ३१ कम्पनी मात्र मार्जिन कारोबारका लागि योग्य रहेका छन्। जसमा ११ वटा बाणिज्य बैंक, ६ विकास बैंक, ९ लघुवित्त, ३ हाइड्रोपावर, १ होटल र नेपाल टेलिकम कम्पनी रहेका छन् । 


समयमै साधारणसभा सम्पन्न गर्न नसकेकाले एनएमबि, नबिल, स्ट्यान्डर्ड चार्टड जस्ता ब्लु चिप मानिने बैंकहरु समेत मार्जिन कारोबार योग्य कम्पनीमाअटाउन सकेका छैनन। 
त्यस्तै सेयरबजारमा सुचिकृत बिमा कम्पनीहरु मध्ये कुनै पनि कम्पनि मार्जिन कारोबारलाई योग्य ठहरिएका छैनन। 

 

नेपालमा एक्चुलरी नभएको र भारत लगायतका देशका एक्चुलरीको भर पर्नुपर्ने बाध्यताले आर्थिक वर्ष सकिएको छ महिना भित्रमा लेखापरिक्षण गरेर साधारणसभा गर्न नसक्ने हुँदा बीमा कम्पनीहरु मार्जिन कारोबारलाई अयोग्य ठहरिएका हुन। 

 

त्यस्तै अधिकांश लघुवित्त कम्पनीहरु थोरै चुक्तापुंजी भएकाले उनीहरुको सेयरधनीको संख्या १० हजार पुग्न सकेको छैन। त्यसैले पनि धेरै लघुवित्तहरु मार्जिन कारोबारलाई अयोग्य बन्न पुगेका छन्। 

 

के थियो मार्जिन कारोबार योग्यता मुल्याङ्ककनको मापदण्ड ? 

न्युनतम १० हजार सेयरधनी भएको,
खुद्रा सम्पति चुक्तापुंजी भन्दा कम नभएको 
पछिल्लो दुई आर्थिक बर्षमा लगातार कम्पनीमा १० प्रतिशत भन्दा बढी लाभांश वितरण गरेको 
नेप्सेमा कम्तिमा कुल कारोबारको ८० प्रतिशत दिन सेयर कारोबार भएको
आर्थिक बर्ष सकिएको ६ महिनामा भित्र साधारणसभा सम्पन्न गर्न सफल भएको कम्पनी । 

सेयर बजार

विशेष