अपराध सुरक्षा

गृहसचिव राई र आइजीपी खनाल सम्मानित

गृहसचिव राई र आइजीपी खनाल सम्मानित

गृह मन्त्रालयले गृहसचिव सचिव प्रेमकुमार राई र नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालसहित अन्य कर्मचारीलाई बेरुजु फर्स्यौटमा उत्कृष्ट काम गरे वापत बिहीबार सम्मान गरेको छ ।

सचिव राई र महानिरीक्षक खनाललाई ८ हजार नगदसहित प्रशंसापत्र तथा गृह मन्त्रालयका उपसचिव शिवनाथ पौडेल, लेखा अधिकृत फइन्द्रकुमार श्रेष्ठ, शालिकराम पराजुली, लेखापाल नरबहादुर कुँवरलाई नगद ६ हजारसहित प्रशंसापत्रद्वारा सम्मान गरिएको हो । गृह मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयहरुमध्ये बेरुजु फर्छ्‍यौट मापनको वर्गीकरणमा आ.व. २०७३/०७४ को बेरुजुलाई ८५.१४ प्रतिशत फर्छ्‍यौट गरेको हो ।

गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले सम्मान गर्दै भविष्यमा समेत थप उत्कृष्ट कार्य गर्न आग्रह गरे । थापाले सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्तिका लागि सुशासन अनिवार्य भएकाले यसतर्फ सबै गम्भीर हुनुपर्ने बताए ।

सर्वेन्द्र खनाल गृह मन्त्रालय

विशेष