नबिल इन्भेष्मेन्ट बैंकिङ्ग लिमिटेडले ल्यायो प्रतिइकाई दश रुपैयाँका दरले एक अर्ब २० करोड सामूहिक लगानी कोष
काठमाडौं । नबिल बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडले बैशाख ५ गते देखि सामूहिक लगानी कोष नबिल ब्यालेन्स फण्ड २ को १२ करोड इकाई सार्वजनिक बिक्रीमा ल्याएको छ।
नबिल इन्भेष्टले प्रतिइकाई दश रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गरेको हो ।
निष्काशित १२ करोड इकाईमध्ये बिज पूँजी वापत न्यूनतम १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवद्र्धक नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई छुट्टाइएको छ । बाँकी १० करोड २० लाख इकाईमा सर्वसाधारणले आवेदन गर्न सक्नेछन् ।
दश वर्ष अवधिको यस फण्डको इकाईमा प्रतिइकाई दश रुपैयाँ दरले न्यूनतम १०० इकाईको एक हजार रुपैयाँदेखि अधिकतम एक करोड २० लाख इकाई अर्थात १२ करोड रुपैयाँसम्मको आवेदन गर्न सक्नेछन् ।
दश वर्ष अवधिको यस फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
उक्त इकाईको बिक्री छिटोमा बैशाख ९ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेको खण्डमा भने जेठ ३ गतेसम्म खुला रहने बिक्री प्रबन्धक नबिल इन्भेष्ट एण्ड बैंकिङ्गले जनाएको छ ।
नबिल बैंक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड