अर्थ

पशुपति क्षेत्रका १३ मन्दिरको भेटी पुजारीले नै पार्छन् झ्वाम् 

पशुपति क्षेत्रका १३ मन्दिरको भेटी पुजारीले नै पार्छन् झ्वाम् 

काठमाडौं । पशुपतिनाथको मन्दिरमा चढाइएको भेटी बैंकमै दाखिला हुने गरेको त हामीलाई थाहा छ । तर पशुपति क्षेत्रमा अरु पनि १३ वटा मन्दिर छन्, जहाँको भेटी पुजारी र स्थानीय समितिले नै बाँडचूँड गर्दै आएको महालेखा परीक्षकको ५६ औं वार्षिक प्रतिवेदनमा उल्लेख छ । 

 

भेटी व्यवस्थापन निर्देशिका, २०७५ मा प्रचलित कानूनबमोजिम स्थापित धार्मिक संस्थाले धार्मिक व्यवस्थापनको लागि स्थानीय तहको स्वीकृति लिनु पर्ने, चढाइएको भेटीमध्ये नगद बैंकमा जम्मा गर्नुपर्ने व्यवस्था छ । काठमाडौं उपत्यकाको तीर्थस्थल वा देवालय उक्त निर्देशिकाबमोजिम सञ्चालन भए नभएको विवरण उल्लेख नभएको महालेखाले जनाएको छ । 

 

पशपतिनाथमा चढाएको भेटीलगायत जिन्सीको अभिलेख राखी आम्दानी गर्ने गरे पनि मन्दिर बाहिरका १ बिहार, पाँच अन्य मन्दिर र परिसरमा रहेका ७ मन्दिरसहित १३ मन्दिरको भेटी पुजारी  र स्थानीय समितिले लिने गरेको तर जीर्णोद्धार, पुनर्निर्माण कार्य कोषबाट गर्ने गरेको प्रचलित कानुन विपरीत रहेको पनि महालेखाले दावी गरेको छ । 

 

पशुपति क्षेत्र भित्रका सबै मठमन्दिरको भेटीलगायतका सबै आय पशुपति क्षेत्र विकास कोषमा जम्मा गर्ने र पुजारीहरुका लागि पारिश्रमिक कोषले नै व्यवस्था गर्नुपर्ने महालेखाको प्रतिवेदनले सुझाएको छ । 
 

पशुपति मन्दिरको भेटी

विशेष