अर्थ शेयर

शेयर बजारले गति लियो, एकै दिन अर्ब बढी कारोबार

शेयर बजारले गति लियो, एकै दिन अर्ब बढी कारोबार

काठमाडौं । लामो समय सम्मको खस्किएको शेयर बजारले बल्ल गति लिन थालेको छ । गत चैतको अन्तिम साताबाट बढ्न थालेको बजारले नयाँ वर्ष २०७६ लागेयता दैनिक नयाँ रेकर्ड समेत राख्न थालेको छ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक हुनेक्रम जारी रहँदा दैनिक कारोबारमा समेत उल्लेखीय बढोत्तरी आउन थालेको छ ।

 

विशेष गरी वाणिज्य बैंकहरुका नाफा सम्बन्धीका सूचनाहरु बाहिरिँदा कारोबार समेत उछाल आएको छ। जसले गर्दा एकैदिन अर्ब बढीको कारोबार हुन थालेको छ ।

आइतबार नेप्से परिसूचक ३१.८९ अंकले बढेर १२६४।२० विन्दुमा पुगेको छ । १७१ कम्पनीका ३३ लाख २७ हजार कित्ता शेयर १ अर्ब २ करोड ४ लाख रुपैयाँमा खरिद विक्री भए ।

 

आइतबार कारोबारमा आएका १० उपसूचक मध्ये ८ वटा उपसमूहको सूचक सकारात्मक भएका छन् भने दुई वटा उपसमूहको सूचक नकारात्मक भएका छन् । यस दिनको बजारलाई बैंकिङ्ग समुहले उचालेको छ ।

बैंकिङ्ग समुहको सूचक ४५.९४ अंकले बढेको छ। यस्तै होटल समुहको सूचक ३४.८, विकास बैंक समुहको सूचक १६.९७, जलविद्युत समुहको ८.८७, फाइनान्स समुहको २.१३, लघुवित्त समुहको २६.९१ र जीबन बीमा समुहको सूचक २२.२५ अंकले बढेका छन्।

बढेको बजारमा पनि निर्जीबन बीमा समुह र उत्पादन समुहको सूचक घटेका छन्। उत्पादन तथा प्रशोधन समूहको ११.९२ अंक र र्निजीवन बीमा समूहको सूचक ७.२२ अंकले ओरालो लागेका छन् ।


चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाले राम्रो प्रतिफल सहितको वित्तीय विवरण सार्वजनीक गर्न थाले पछि शेयर बजारमा उछाल आएको हो । बजारमा नाफा सम्बन्धीका सूचनाहरु बाहिरिएको समेत आँकलन गरिएको छ ।

 

आइतबार नेपाल बैंकको शेयर कारोबार सबै भन्दा धेरै भएको छ। बैंकको ४ लाख ७९ हजार ६६६ कित्ता शेयर १४ करोड ८० लाख रुपैयाँ बराबरमा किनबेच भयो । त्यसैगरी एनआईसी एशिया बैंक र एनसिसि बैंकको चार करोड भन्दा धेरै रकम बराबरको शेयर कारोबार भएको छ। 

शेयर बजार

विशेष