अर्थ शेयर

शेयर बजारमा आक्रमक छलाङ्, एकै दिन १४ अंकको सुधार गर्दै आधा अर्बको कारोबार

शेयर बजारमा आक्रमक छलाङ्, एकै दिन १४ अंकको सुधार गर्दै आधा अर्बको कारोबार

काठमाडौं । लामो समयदेखि निरन्तर ओरालो लागिरहेको शेयर बजारले केहि दिनय यता भने उचित गति लिन थालेको छ । मंगलबार शेयर बजारले आक्रमक छलाङ् मार्दै दोहोरो अंकको सुधार गरेको छ ।

आज नेप्से १३.७२ अंकले वृद्धि हुँदै ११६३.४७ विन्दुमा कायम भएको छ । सोमबार नेप्से परिसुचक ६.४३ अंकले बढेको थियो । 

मंगलबार ‘क’ वर्गको कम्पनीहरुको सेन्सेटिभ इडेक्स समेत ३.३४ अंकले बढेर २४८.१५ विन्दुमा कायम भएको छ । 

मंगलबार १६९ कम्पनीका १८ लाख ९३ हजार १२० कित्ता शेयर ५० करोड ८ लाख ८१ हजार रुपैयाँमा कारोबार भयो । कारोबार आएका १० उपसमुह मध्ये निर्जीवन बीमा र हाइड्रोपावर उपसमुहको सूचक बाहेक बाँकी ८ वटै उप समूहको सूचाङ्कमा सुधार भएको हो ।

 

यो कारोबार दिन निर्जीवन बीमा ६.७६ र हाइड्रोपावरको सूचक भने ३.४८ अंकले घटेका छन् । 
जीवन बीमा समुहको सबैभन्दा धेरै ३८.८६ अंकले बढेको छ । यस्तै होटल २०.०१, वाणिज्य बैंक १९.६७, उत्पादन तथा प्रशोधन ८.७३, अन्य ५.६१, विकास बैंक ३.६१, माइक्रोफाइनान्स २.२१ र फाइनान्सको सूचक १.६८ अंकले सुधारउन्मुख छन्।

 

आज बैंकिङ्ग समुहको उच्च कारोबार रहेको छ । एनसीसी बैंकको मात्रै ४ करोड माथिको कारोबार भएको छ । 

यस दिन ५० करोड ८ लाख ८१ हजार रुपैयाँको शेयर कारोबार भएको बजारमा बैंकिङ्गमान मात्र २० करोड ४५ लाख पाँच हजारको कारोबार भयो । यो कूल कारोबार रकमको ४०.८३ प्रतिशत हो।

 

सबै भन्दा बढि कारोबार गर्ने एनसीसी बैंकले आज एक लाख ८४ हजार ४४१ कित्ता शेयर ४ करोड २५ हजार रुपैयाँ बराबरमा खरिद बिक्री गरेको छ ।

यस्तै एनआईसी एशिया बैंकको ३ करोड ७६ लाख, एनएमबि बैंकको २ करोड ७१ लाख, नेपाल बंगलादेश बैंकको २ करोड २७ लाख, प्रभु बैंकको २ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

प्राइम कर्मशियल बैंकको एक करोड ६३ लाख, एभरेष्ट बैंकको एक करोड ६२ लाख, सिटिजन बैंकको एक करोड ५४ लाख, माछापुच्छ्रे बैंकको एक करोड ३४ लाख र सिभिल बैंकको पनि एक करोड २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

यता बजारमा भार्गव विकास बैंकको शेयरधनीले सबैभन्दा धेरै ९.४० प्रतिशतले कमाउदा युनिभर्सल पावरको शेयरमूल्यमा भने नेगेटिभ सर्किट लागेको छ ।
१४९ रुपैयाँमा कारोबार खुलेको भार्गवको शेयरमूल्य बढेर प्रतिकित्ता १६३ रुपैयाँ पुग्दा १४६ रुपैयाँमा कारोबार खुलेको युनिभर्सल पावरको शेयरमूल्य भने १३२ रुपैयाँमा झरेको छ । 


चैत १० गतेदेखि कारोबार खुलेको कम्पनीको शेयरबजारमा खुलेदेखिनै निरन्तर शेयरमूल्य घट्दै आइरहेको छ ।

शेयर बजार

विशेष