अर्थ शेयर

मार्जिन लिएर स्टक बढाउदा शेयर बजारमा लगानी बढ्यो, बजार घट्दा पनि अर्बमाथिको कारोबार  

मार्जिन लिएर स्टक बढाउदा शेयर बजारमा लगानी बढ्यो, बजार घट्दा पनि अर्बमाथिको कारोबार  

काठमाडौ। शेयर बजारको क्रमिक सुधार हुन थालेसँगै लगानीकर्ताहरु मार्जिन कर्जा लिएर लगानी गर्न थालेका छन् । यसको प्रभाव बजारमा देखिन थालेको छ । 

 

लगानीकर्ताले शेयर स्टक बढाउनकै लागि मार्जिन सुविधा उपभोग गर्न थालेका हुन् । यता बैंकहरुले पनि शेयर बजार सुधारउन्मुख देखिन थालेपछि लगानीकर्ताहरुलाई बोलाई बोलाई ऋण दिन थालेको छ । 

 

बजार विश्लेषणका आधारमा नेप्से विश्लेषकहरु अबको दुई वर्षमा शेयर बजारले यस अगाडि अधिकतम विन्दुलाई उछिन्ने अनुमान लगाउँदै छन् ।  बजार  बिश्लेषक प्रभास दाहाल अार्थिक मन्दी र सरकारी अर्थ नीतीकै कारण खस्किएकाे नेप्से  पछिल्लाे समय उकासिन थालेकाे बताउछन् ।

‘बैंकहरु धमाधम मर्जमा जादै छन् र राष्ट्र बैंकले पनि चुक्ता पुँजीका साथ साथै बोन प्रदान गर्नु पर्ने निति ल्याएको छ । यसले लगानीकर्ताहरु उत्साहित छन् । जुन बोनसलाई लगानीकर्ताले स्टकमा रुपान्तरण गर्दै छन् । त्यसैको प्रभावमा शेयर बजार माथि उठेको हाे ।’ उनले भने,‘कम्युनिष्ट शासन सत्ता भएको बेलालाई लगानीको उपयुक्त मौसम मानिदैन । लगानीकर्ताहरु लगानी गर्न डराउछन् । जुन समस्या लामाे समयसम्म शेयर बजारमा देखियो । अहिले अर्थ, बजार निति परिवर्तन गरिएको छ । त्यसैले बजारमा लगानीकर्ताहरु आएका छन् र बजार बढेको छ ।’  

बढ्दो ट्रेण्डमा रहेको शेयर बजारमा मार्जिन सुविधा सबैभन्दा सुरक्षित हुने भन्दै बैंकहरुले पनि सुविधा लिन आह्वान गरिरहेको दाहाल बताउछन् । बजारमा पुराना लगानीकर्तासँगै नयाँ लगानीकर्ताको प्रवेश पनि बढिरहेको छ। 

 

पुराना लगानीकर्ताले मार्जिन सुविधामार्फत शेयर खरिद गरिरहेका छन्। त्यस्तै नयाँ लगानीकर्ताले पनि विस्तारै शेयर खरिद गर्न थालेको एक ब्रोकरले जानकारी दिए। गएका दिनमा बाणिज्य बैंकको मात्रै शेयर बढिरहेकोमा आजदेखि बीमा कम्पनीकोको बजार बढ्न थालेको छ। 

बाणिज्य बैंकको मात्रै बजार मूल्य सुधार हुँदा तुलनात्मक रुपमा बीमा कम्पनीको बजार मूल्य कम छ। यसले गर्दा बाणिज्य बैंकको शेयरमा नाफा बुक गरेर बीमा कम्पनीको शेयरमा लगानीकर्ता सिफ्ट भएका हुन्। 

 

सोमबार शेयर बजारमा ७.२६ अंकले करेक्सन देखिएको छ। कारोबारको अन्तिम घण्टामा बाणिज्य बैंकको शेयर सप्लाइ बढ्दा १७ अंकसम्मले गिरावट आएको थियो। जीवन तथा निर्जीवन बीमा कम्पनीको सूचक र उत्पादन तथा प्रसोधनको सूचक बढे पनि बाँकी सुचक तथा उसूचक ओरालो लागेका छन्। 

 

नेप्से सूचक ०.५७ प्रतिशतले घटेर १२५६.९४ अंकमा ओर्लिएको छ। कारोबार रकम भने एक अर्ब तीन करोड रुपैयाँको भएको छ। आइतबार पनि एक अर्ब दुई करोड रुपैयाँको करोबार भएको थियो। 

आज पनि नेपाल बैंकको अधिकतम ९ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ। आइतबार पनि बैंकको अधिकतम कारोबार भएको थियो। 

 

एभरेष्ट इन्स्योरेन्सको कारोबारमा अधिकतम बढ्ने क्रममा सर्किट लागेको छ। कम्पनीको बजार मूल्य ३२ रुपैयाँले बढेर ३५४ रुपैयाँ पुगेको छ। आज अधिकतम कमाउनेमा बीमा कम्पनीका शेयरधनीहरु छन्। 

शेयर बजार

विशेष