मन भए जताततै हरियाली(फोटो फिचर)
गर्मीयाम लागेसँगै हरियालीयुक्त वातावरण र शितल छहरी मानिसको प्रमुख रोजाइमा पर्छ । एकछिन भएपनि शितल ताप्न रुखको छहरी र पानी नै परेपनि ओत लाग्ने ठाउँको महत्व बढ्ने समय भएकाे छ ।
हिजोआज घर वरपर ठाउँ नभएको गुनाशो गर्दै धेरैले रुख विरुवा रोप्न छोडिसके । तर पुरानोबानेश्वरको यो सडकले भने इच्छा भएदेखि जस्तोसुकै ठाउँ पनि हरियाली बनाउन सकिने सन्देश दिएको छ । वातावरण हरिाली हुनुका फाइदा पनि धेरै छन् ।
हरियालीले ठाउँ सुन्दर पार्ने मात्र होइन मानिसको स्वास्थ्य पनि सुन्दर बनाउँछ भने प्रदूषणलाई पनि नियन्त्रण गर्छ । सानो ठाउँमा पनि हरियाली बनाउन कुनै कसर नछोडिएको दृश्य फोटोपत्रकार चन्द्र राईको लेन्सबाट ।
हरियाली